
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल र अधिवक्ता जनकल्याण पराजुली रहेका छन् ।’
पोखरा, २६ पुस । मित्र मिलन सहकारीको लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको एवम् ठगी गरेको मुद्दामा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पोखरा–१३, कसेरी बौरीबोट घरमा बसिरहेको अवस्थामा हिजो बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ५७ वर्षीय अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत हुन् । यसअघि प्रहरीले विद्यालयमा पढाई रहेको अवस्थामा खोजतलास गर्दा उनी भाग्न सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार पक्राउ परेका अधिकारीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराईएको थियो । अदालतको कार्य नसकिएकोले लेखा समितिका संयोजक अधिकारीलाई जिप्रकाको हिरासतमा राख्नु परेको हो ।
सहकारी ठगीमा ७ जना पक्राउ, २६ जना अझै फरार
सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल र अधिवक्ता जनकल्याण पराजुली रहेका छन् । यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । यसअघि पुस २२ गते सहकारी ठगी अभियोगमा स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल र पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत कास्कीले दिएको थियो ।
बैकिङ कसुरमा कास्की कारगारमा नै रहेका उनिहरुलाई अदालतका न्यायधीश महेन्द्रबहादुर थापाको इजलासले गत आइतबार थुनामा राख्ने आदेश दिएको थियो । यसअघि न्यायाधीश ऋषिराम आचार्यको इजलासले पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जसमा सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल रहेका थिए ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हालसम्म ७ जना पक्राउ परेका छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ । यतिबेला जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन