
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल र अधिवक्ता जनकल्याण पराजुली रहेका छन् ।’
पोखरा, २६ पुस । मित्र मिलन सहकारीको लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको एवम् ठगी गरेको मुद्दामा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पोखरा–१३, कसेरी बौरीबोट घरमा बसिरहेको अवस्थामा हिजो बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ५७ वर्षीय अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत हुन् । यसअघि प्रहरीले विद्यालयमा पढाई रहेको अवस्थामा खोजतलास गर्दा उनी भाग्न सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार पक्राउ परेका अधिकारीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराईएको थियो । अदालतको कार्य नसकिएकोले लेखा समितिका संयोजक अधिकारीलाई जिप्रकाको हिरासतमा राख्नु परेको हो ।
सहकारी ठगीमा ७ जना पक्राउ, २६ जना अझै फरार
सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल र अधिवक्ता जनकल्याण पराजुली रहेका छन् । यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । यसअघि पुस २२ गते सहकारी ठगी अभियोगमा स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल र पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत कास्कीले दिएको थियो ।
बैकिङ कसुरमा कास्की कारगारमा नै रहेका उनिहरुलाई अदालतका न्यायधीश महेन्द्रबहादुर थापाको इजलासले गत आइतबार थुनामा राख्ने आदेश दिएको थियो । यसअघि न्यायाधीश ऋषिराम आचार्यको इजलासले पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जसमा सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल रहेका थिए ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हालसम्म ७ जना पक्राउ परेका छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ । यतिबेला जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण