
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को समूहसँगको सम्बन्ध विल्कुलै फरक स्वार्थ र उद्देश्यले गाँसिएको प्रष्ट देखिन्छ ।
पोखरा, १७ पुस । तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलको सिफारिशमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता भएका कानुन व्यवसायी रोहितराज बाँस्तोला जिल्ला अदालत कास्कीमा सहकारी ठगीमा फरार अपराधिक पृष्ठभूमिका पात्र शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ र भविश्वर आचार्यसँगैं आज मंगलबार उपस्थित भए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसमेतको सेटिङमा लुकेर बसेका महेन्द्र भोटे गण्डकीका निवर्तमान मुख्य न्यायाधिवक्ता बाँस्तोलासँगैं अदालतमा उपस्थित भईरहँदा न्यायको प्रतिक्षामा उभिएका पीडित सहकारी बचतकर्ताहरु भने निराश देखिएका थिए । अपराधिक पृष्ठभूमिका पात्र महेन्द्र भोटे प्रहरीको मोस्ट वाण्टेड सूचीमा परेका र गुन्डागर्दीमा संलग्न पात्र हुन् । राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव समेत रहेका महेन्द्र भोटेलाई आजसम्म पनि न त संगठनले निलम्बन गरेको छ, न त नेकपा एमाले पार्टीले नैं । यतिबेला सहकारी ठगीमा संलग्नहरुलाई बचाउन सिङ्गो पार्टी नै लागेको प्रष्ट देख्न सकिन्छ ।
सहकारीको आर्थिक हिनामिनाको सन्दर्भमा पोखरा महानगरपालिकाले गरेको बित्तीय छानबिनमाथि नै पीडित बचतकर्ताहरुले आशंका व्यक्त गरेका छन् । यता, यहीं छानबिन प्रतिवेदनका आधारमा मात्र प्रहरीले अनुसन्धान गर्दा रकम हिनामिना गर्ने दोषीहरुले सजिलै उन्मुक्ति पाउने त होइनन् भन्ने प्रश्न बचतकर्ताहरुले गरिरहेका छन् । शुरुको बित्तीय छानबिन नै बलियो रुपमा हुन नसक्दा प्रहरी हुँदैं सरकारी वकिलको कार्यालयबाट अदालतमा पेश भएको फाईलहरु कत्तिको बलियो र पीडितको पक्षमा छ त ? भन्ने विषयमा नै चिन्तित देखिएका बचतकर्ताहरु आज जिल्ला अदालत कास्कीमा देखिएको यो दृश्यले धेरैले सेटिङमा छानबिनको नाटक त मञ्चन भएको छैन भन्ने तथ्य सोच्न बाध्य भएका थिए ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० स्थायी घर भई हाल पोखरा–१२ लालिगुँरास टोल बस्ने ३९ वर्षीय महेन्द्र भोटे र स्याङ्जा गल्याङ नगरपालिका वडा नं.९ बस्ने ४२ वर्षीय अर्यालको आज बयान नसकिए पछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
गीतेन्द्र बाबु (जीवी) राई र महेन्द्र भोटेको विभिन्न व्यवसायमा साझेदारी रहनुका साथै सहकारी ठगिमा दुवैको शुरुवातदेखि नैं संलग्नता देखिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । महेन्द्र भोटेले मात्र सहकारीको देखिने गरी करिब ९ करोड हिनामिना गरेका छन् । यता, सहकारी कैं कर्मचारीहरु राम्रोसँग अनुसन्धान र छानबिन हुने हो भने महेन्द्र भोटेको नाममा ३० करोड रुपैयाँ भन्दा बढि रकम हिनामिना भएको देखिने दावी गर्दै आईरहेका छन् ।

पोखरामा ओजन डिस्को बार सञ्चालन गर्दै आएका महेन्द्र भोटेले जीवी राईसँग मिलेर सहकारीको करोडौं रुपैयाँ ट्रेजर लाउञ्च बार, हिडन क्याम्प रिसोर्ट, नेक्सेस क्लब (निर्माण हुँदैं), पाँच तारे सेदी लक्जरी होटल लगायत विभिन्न हाउजिङ र घरघडेरीमा बिना धितो बेहिसाब खर्च गर्दै आईरहेका थिए ।
तत्कालिन पोखराको एलजी ग्रुपमा टोले गुन्डामा रुपमा कुटपिट र झैझगडा सामेल हुँदैं महेन्द्र भोटेलाई नेकपा एमालेका नेता रवीन्द्र अधिकारी र राजिव पहारी लगायतले संरक्षण प्रदान गरेका थिए । पछिल्लो समय उनलाई नेकपा एमालेका नेता महेश बस्नेत लगायतले संरक्षण दिदैं आईरहेका छन् ।
‘महेन्द्र भोटे र वकिल रोहितराज बाँस्तोलाको सम्बन्ध !’
नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को समूहसँगको सम्बन्ध विल्कुलै फरक स्वार्थ र उद्देश्यले गाँसिएको प्रष्ट देखिन्छ ।
फरक–फरक विचारधाराका तर एकैं उद्देश्य भएका अनेकन् पेशामा आवद्ध पात्रहरुको यो समूहमा निकै धेरै वर्षदेखि बाँस्तोलाले कानुनी व्यवसायीको रुपमा पैसाका लागि काम गर्दै आईरहेको देखिन्छ । पोखराका एक कानुन व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने–‘पोखरामा यस्तै ठगठाग गर्ने, हाटहुट गर्ने र राजनीतिक संरक्षणमा जस्तो सुकै अपराध पनि गर्न पछि नपर्ने यो महेन्द्र भोटेको ग्रुपसँग रोहित सरको के अरु सम्बन्ध हुन सक्ला र, आर्थिक बाहेक ? यति सारै गिरेर पनि कमाउनु पर्ने स्थितिको मान्छे उहाँ त होइन जस्तो लाग्छ ? तर के हो सम्बन्ध बुझिनसक्नु छ ।’

नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला
यस विषयमा जिज्ञासा राख्दा वकिल बाँस्तोलाले आफू महेन्द्र भोटेका लागि निकै धेरै वर्षदेखि कानुनी सल्लाहकारका रुपमा काम गर्दै आईरहेको स्वीकार गरे । अहिले सहकारी ठगी मुद्दाको विषयमा महेन्द्र भोटे लगायतको पक्षमा पनि बाँस्तोला लगायतको टिमले वकालत गरिरहेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण