
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए ।
पोखरा, १८ पुस । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतमा सोमबार थुनछेक बहस सकिएसँगै न्यायाधीश रामचन्द शर्माको एकल इजलासले दर्लामीलाई धरौटीमा छाड्न इन्कार गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ घर भएका दर्लामीलाई पुस १२ गते रामेछापबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ल्याएको थियो । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले २१ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । सहकारीको रकम हिनामिना गर्ने कार्यमा टोलेगुन्डादेखि पूर्वउपप्रधान तथा गृहमन्त्रीसँगको संलग्नता देखिएको छ । सूर्यदर्शन सहकारीको शुरु कैं छानबिन पूर्ण रुपमा हुन नसकेको, त्यसपछि प्रहरी प्रतिवेदनदेखि सरकारी वकिलको कार्यालयसम्मको प्रक्रियामा कमजोरी देखिएको जानकारहरुले बताउँदै आईरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको संलग्नतामा सुर्यदर्शन सहकारीको १० करोड भन्दा बढि रकम गोरखा मिडिया नेटवर्कमार्फत् ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको छानबिनका क्रममा पुष्टि भएको छ । सहकारी ठगीमा राजनीतिक पहुँच भएका गुन्डादेखि अनेकन् पात्रहरुको संलग्नता भएपछि प्रहरी प्रशासनले आर्थिक प्रलोभन र दवावमा परेर आजसम्म कोही कसैंलाई पनि पक्राउ गरेको थिएन ।
सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो । जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो ।
सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् । उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ । ठगीमा सहकारीका उपाध्यक्ष दर्लामी र कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका छन् ।
जीबी राईसहित फरार भएका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दैछ । पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन