
१वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
३पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
मालपोत कार्यालयमा कुनै पनि आर्थिक कारोबारको भौचर समेत नभेटिएको र पीडित महिलाले जग्गा पास गरेर दिएकोमा न त उनले पैसा पाएको, न त सहकारीको ऋण नै तिरिएको भेटिएपछि यहीं सन्दर्भमा वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग प्रश्न गर्न खोज्दा अपशब्द बोल्दैं दुई श्रीमतीसहितले धम्की दिएका थिए ।
पोखरा, ७ मंसिर । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमती मिना आचार्य सुवेदी र मिना जिसीले पत्रकारलाई धम्क्याएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा हिजो बुधबार लिखित माफी मागेका छन् ।
यस डन न्यूज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई समाचारका विषयमा कुरा गर्न खोज्दा वडाध्यक्ष सुवेदीका दुई श्रीमतीसहित तीनजना मिलेर कार्तिक ३० गते विहान १० बजेको समयमा अपशब्द बोल्दैं बलात्कारको आरोपमा फसाई दिने र ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।
अपशब्द बोल्दैं दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रोसन पुरी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्दप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका महासचिव सन्तोष पौडेल, अनलाइन पत्रकार संघ गण्डकीका सचिव प्रल्हादचन्द्र घिमिरे, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) गण्डकीका सचिव रोशन तिवारी, प्रेस सेन्टर कास्कीका सचिव पुष्प दाहाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ, समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रुद्रबहादुर थापा र फ्रिडम फोरम नेपाल लगायतले विज्ञप्ति नै जारी गरेर घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमतीसँग धम्की दिइएको विषयमा आपत्ति जनाउँदैं पत्रकारहरु ।
केही समयदेखि निरन्तर रुपमा विभिन्न सहकारीका बचतकर्ताहरुको रकम सञ्चालकदेखि विभिन्न व्यक्तिहरुले अपचलन गरेको विषयमा डन न्यूजले समाचार प्रकाशित गर्दै आईरहेको थियो । सोही क्रममा मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ मा धितो राखिएको जमिन वडाध्यक्ष सुवेदीले शंकास्पद ढंगले आफ्नो नाममा पास गरेको सन्दर्भमा थप प्रमाणहरु भेटिएपछि सोधपुछका लागि फोन गर्दा सो धम्की दिइएको थियो ।
यस अघि डन न्यूजमा वडाध्यक्ष सुवेदी, मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र पीडित एकल महिला शान्ति केसी बिच चितवनको ३२ कठ्ठा जमिनका सन्दर्भमा भएको विवाद भिडियो रेकर्डसहित समाचार प्रकाशित भएको थियो । सहकारीका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदी मिलेर सहकारीमा धितो राखिएको केसीको चितवनको ३२ कठ्ठा जमिन एकैदिन फुकुवा गर्दै नामसारी गरिएको थियो ।
मालपोत कार्यालयमा कुनै पनि आर्थिक कारोबारको भौचर समेत नभेटिएको र पीडित महिलाले जग्गा पास गरेर दिएकोमा न त उनले पैसा पाएको, न त सहकारीको ऋण नै तिरिएको भेटिएपछि यहीं सन्दर्भमा वडाध्यक्ष सुवेदीसँग प्रश्न गर्न खोज्दा अपशब्द बोल्दैं दुई श्रीमतीसहितले धम्की दिएका थिए ।
वडाध्यक्ष सुवेदी धितोमा राखिएको जमिन सहकारीका अध्यक्ष पौडेलसँगको मिलेमतोमा कब्जा गरेको, सहकारीका अध्यक्षले बचतकर्ताको रकम अपचलन गर्दै आफ्नो र श्रीमतीको नाममा रहेको पोखरा र लेखनाथको १५ रोपनी जमिन पनि वडाध्यक्ष सुवेदीको नाममा कुनै पास त कुनै रोक्का गराएका थिए । यसको साथसाथै सोही सहकारीमा पैसा खोजिदिए वापत लाखौं कमिशन लिनेदेखि मिटरब्याजसम्मको धन्दामा वडाध्यक्ष सुवेदीको गिरोह नैं संलग्न भएको प्रमाण भेटिएपछि सोही विषयमा सोधपुछ गर्न खोज्दा वडाध्यक्षले अभद्र व्यवहार गरेका थिए ।

पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीका श्रीमतीद्वय मिनाकुमारी आचार्य सुवेदी र मिना जिसीका साथमा जनप्रतिनिधि र पत्रकार ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापा, डीएसपी श्रवण कुमार विकको उपस्थितिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर र प्रेस युनियनका पदाधिकारीसहित पोखराका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा वडाध्यक्ष सुवेदी र उनका दुई श्रीमतीहरुले गल्ती स्वीकार गर्दै माफी मागेका थिए ।
लिखित पत्रमा अब आईन्दा कुनै पनि किसिमबाट गाली गलौंज नगर्ने, डरधम्कीपूर्ण शब्दहरु प्रयोग नगर्ने, अनायसी लाल्छानायुक्त कुराहरु नगर्ने, इज्जत प्रतिष्ठा, मानमर्यादामा आँच पुग्ने वा चरित्र हत्या हुने खालकोकुनै पनि क्रियाकलापहरु नगर्ने नगराउने र पुनः सोही प्रकारको कानुन विपरितको कार्य गरेमा प्रचलित कानुन बमोजिम हुने जुनसुकै सजाय पनि भोग्न तयार भन्दैं वडाध्यक्ष सुवेदी र उनका दुई श्रीमतीद्वयले सहींछाप गरेका छन् । सो पत्रमा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव सुवेदी, कास्की शाखाका अध्यक्ष भण्डारी, पोखरा वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगी र वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य रोहवरमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापा लिखित रुपमा मागिएको माफीको व्यहोरा पढेर सुनाउँदैं ।

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमती मिना कुमारी आचार्य र मिना जिसीले धम्की दिएपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाहरुले जारी गरेको विज्ञप्तिहरु :




१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ