
१निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
३जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
४नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
५विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
६अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
७स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
८जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
९नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१०‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
११पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१२प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
मालपोत कार्यालयमा कुनै पनि आर्थिक कारोबारको भौचर समेत नभेटिएको र पीडित महिलाले जग्गा पास गरेर दिएकोमा न त उनले पैसा पाएको, न त सहकारीको ऋण नै तिरिएको भेटिएपछि यहीं सन्दर्भमा वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग प्रश्न गर्न खोज्दा अपशब्द बोल्दैं दुई श्रीमतीसहितले धम्की दिएका थिए ।
पोखरा, ७ मंसिर । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमती मिना आचार्य सुवेदी र मिना जिसीले पत्रकारलाई धम्क्याएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा हिजो बुधबार लिखित माफी मागेका छन् ।
यस डन न्यूज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई समाचारका विषयमा कुरा गर्न खोज्दा वडाध्यक्ष सुवेदीका दुई श्रीमतीसहित तीनजना मिलेर कार्तिक ३० गते विहान १० बजेको समयमा अपशब्द बोल्दैं बलात्कारको आरोपमा फसाई दिने र ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।
अपशब्द बोल्दैं दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रोसन पुरी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्दप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका महासचिव सन्तोष पौडेल, अनलाइन पत्रकार संघ गण्डकीका सचिव प्रल्हादचन्द्र घिमिरे, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) गण्डकीका सचिव रोशन तिवारी, प्रेस सेन्टर कास्कीका सचिव पुष्प दाहाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ, समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रुद्रबहादुर थापा र फ्रिडम फोरम नेपाल लगायतले विज्ञप्ति नै जारी गरेर घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमतीसँग धम्की दिइएको विषयमा आपत्ति जनाउँदैं पत्रकारहरु ।
केही समयदेखि निरन्तर रुपमा विभिन्न सहकारीका बचतकर्ताहरुको रकम सञ्चालकदेखि विभिन्न व्यक्तिहरुले अपचलन गरेको विषयमा डन न्यूजले समाचार प्रकाशित गर्दै आईरहेको थियो । सोही क्रममा मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ मा धितो राखिएको जमिन वडाध्यक्ष सुवेदीले शंकास्पद ढंगले आफ्नो नाममा पास गरेको सन्दर्भमा थप प्रमाणहरु भेटिएपछि सोधपुछका लागि फोन गर्दा सो धम्की दिइएको थियो ।
यस अघि डन न्यूजमा वडाध्यक्ष सुवेदी, मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र पीडित एकल महिला शान्ति केसी बिच चितवनको ३२ कठ्ठा जमिनका सन्दर्भमा भएको विवाद भिडियो रेकर्डसहित समाचार प्रकाशित भएको थियो । सहकारीका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदी मिलेर सहकारीमा धितो राखिएको केसीको चितवनको ३२ कठ्ठा जमिन एकैदिन फुकुवा गर्दै नामसारी गरिएको थियो ।
मालपोत कार्यालयमा कुनै पनि आर्थिक कारोबारको भौचर समेत नभेटिएको र पीडित महिलाले जग्गा पास गरेर दिएकोमा न त उनले पैसा पाएको, न त सहकारीको ऋण नै तिरिएको भेटिएपछि यहीं सन्दर्भमा वडाध्यक्ष सुवेदीसँग प्रश्न गर्न खोज्दा अपशब्द बोल्दैं दुई श्रीमतीसहितले धम्की दिएका थिए ।
वडाध्यक्ष सुवेदी धितोमा राखिएको जमिन सहकारीका अध्यक्ष पौडेलसँगको मिलेमतोमा कब्जा गरेको, सहकारीका अध्यक्षले बचतकर्ताको रकम अपचलन गर्दै आफ्नो र श्रीमतीको नाममा रहेको पोखरा र लेखनाथको १५ रोपनी जमिन पनि वडाध्यक्ष सुवेदीको नाममा कुनै पास त कुनै रोक्का गराएका थिए । यसको साथसाथै सोही सहकारीमा पैसा खोजिदिए वापत लाखौं कमिशन लिनेदेखि मिटरब्याजसम्मको धन्दामा वडाध्यक्ष सुवेदीको गिरोह नैं संलग्न भएको प्रमाण भेटिएपछि सोही विषयमा सोधपुछ गर्न खोज्दा वडाध्यक्षले अभद्र व्यवहार गरेका थिए ।

पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीका श्रीमतीद्वय मिनाकुमारी आचार्य सुवेदी र मिना जिसीका साथमा जनप्रतिनिधि र पत्रकार ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापा, डीएसपी श्रवण कुमार विकको उपस्थितिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर र प्रेस युनियनका पदाधिकारीसहित पोखराका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा वडाध्यक्ष सुवेदी र उनका दुई श्रीमतीहरुले गल्ती स्वीकार गर्दै माफी मागेका थिए ।
लिखित पत्रमा अब आईन्दा कुनै पनि किसिमबाट गाली गलौंज नगर्ने, डरधम्कीपूर्ण शब्दहरु प्रयोग नगर्ने, अनायसी लाल्छानायुक्त कुराहरु नगर्ने, इज्जत प्रतिष्ठा, मानमर्यादामा आँच पुग्ने वा चरित्र हत्या हुने खालकोकुनै पनि क्रियाकलापहरु नगर्ने नगराउने र पुनः सोही प्रकारको कानुन विपरितको कार्य गरेमा प्रचलित कानुन बमोजिम हुने जुनसुकै सजाय पनि भोग्न तयार भन्दैं वडाध्यक्ष सुवेदी र उनका दुई श्रीमतीद्वयले सहींछाप गरेका छन् । सो पत्रमा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव सुवेदी, कास्की शाखाका अध्यक्ष भण्डारी, पोखरा वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगी र वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य रोहवरमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापा लिखित रुपमा मागिएको माफीको व्यहोरा पढेर सुनाउँदैं ।

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका दुई श्रीमती मिना कुमारी आचार्य र मिना जिसीले धम्की दिएपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाहरुले जारी गरेको विज्ञप्तिहरु :




१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने