
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
पोखरा, २९ कार्तिक । लागुऔषध प्रयोगकर्ता २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । डिप्रेशनको औषधी समेत सेवन गर्दै आईरहेका रविनले हिजो मंगलबार मध्यरातमा बुबासँग भएको सामान्य विवादका क्रममा खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहार गरी घाईते भएका बुबाको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
पोखरा–१७, बिरौंटास्थित आफ्नै निवासमा छोरा रविनले ५२ बर्षीय बुबा रामु क्षेत्रीलाई खुर्पा प्रहार गरी घाईते बनाएर भागेका थिए । तत्कालै छिमेकीले प्रहरीलाई खबर गरिदिएपछि घाईते भएका बुबाको चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा आज बुधबार विहान ५ बजे बुबा रामुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
बुबालाई घाईते बनाएर घरबाट भागेका रविनलाई कास्की प्रहरीले खोजतलासका क्रममा ४ घण्टापछि नैं पाल्पाबाट ग २० प ६०४७ नम्बरको मोटरसाईकलसहित पक्राउ गर्न सफल भएको थियो । यतिबेला रबिनका बुबाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा राखिएको छ ।
श्रीमान्को हत्या भएपछि रविनकी आमा वेहोस अवस्थामा रहेकी र जापानमा रहेकी दिदी यो घटनाबाट विक्षिप्त बनेको छिमेकीहरुले बताएका छन् । एक छोरा, एक छोरी रहेको त्यो परिवारमा लागूऔषध प्रयोग कैं कारण यो दुःखद घटना घटेको छिमेकीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले प्रारम्भिक अनुसन्धान बल्ल शुरु भएको र हत्याको कारण अझै खुलिनसकेको बताए । बुबाको हत्या गरेका रविनमाथि प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान