
१सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
४तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
८फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
९रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१०८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
११रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा रोक्का राखेका छन् । यो जमिनसँगसँगैं कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले पास गरेको भेटिएको छ । तर जग्गा बेचेबापत सहकारी सञ्चालक पौडेलले पैसा पाएको देखिदैंन । अध्यक्ष पौडेलले जे सुकै भनेपनि यसमा दुवैजनाको मिलेमतो प्रष्ट र नियत गलत देखिन्छ ।
पोखरा, १५ कार्तिक । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीले ‘नटवरलाल’ शैलीमा एक सहकारीको करोडौं मूल्य पर्ने जमिनहरु आफ्नो नाममा कब्जा गरी राखेको थप अर्को रहस्य खुलेको छ । जग्गा दलालीमा पनि संलग्न नटवरलाल दीपक सुवेदीको ठगी धन्दाको छानबिन तत्कालै प्रहरीले थाल्नु पर्ने माग सहकारी पीडितहरुले राखेका छन् ।
पोखरा वडा नं. ९, नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल तथा प्रबन्धक किरण अधिकारी बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका छन् । सोही सहकारीका अध्यक्ष पौडेलकी श्रीमती सौजनाको नाममा रहेको १५ रोपनी भन्दा बढि जमिन वडाध्यक्ष सुवेदीले सेटिङमा हडपेको तथ्य सप्रमाण भेटिएको हो ।
सौजनाको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा रोक्का राखेका छन् । यो जमिनसँगसँगैं कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गरेको भेटिएको छ । तर जग्गा बेचेबापत सहकारी सञ्चालक पौडेलले पैसा पाएको देखिदैंन । अध्यक्ष पौडेलले जे सुकै भनेपनि यसमा दुवैजनाको मिलेमतो प्रष्ट र नियत गलत देखिन्छ ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको यो १२ रोपनी क्षेत्रफल भएको जमिन यतिबेला वडाध्यक्ष दीपक सुवेदीको नाममा रोक्का राखिएको छ ।
सहकारीका अध्यक्ष र प्रबन्धक प्रहरी थुनामा पुगेपछि बचतकर्ताहरुले आफ्नो रकम डुब्न नदिन कहाँ–कहाँ लगानी भएको छ भन्ने खोजबिन गर्दा वडाध्यक्ष सुवेदीको नाममा पोखरा र लेखनाथमा गरेर झण्डै १५ रोपनी जमिन पास भएको प्रमाण भेटिएको हो । त्यसो त जग्गा दलालीमा पनि संलग्न वडाध्यक्ष सुवेदीले सहकारी कैं ऋणीले धितो राखेको ३२ कठ्ठा जमिन पनि यसैगरी हडपेको समाचार डन न्यूजले यस अघि नैं प्रकाशित गरिसकेको थियो ।
डुब्दै गरेको सहकारीको पैसाले परिवारका नाममा अध्यक्षले किनेका घडेरीहरु वडाध्यक्ष सुवेदीले सेटिङ मिलाएर आफ्नो नाममा पास गराएको सप्रमाण भेटिएको हो । पोखराको नयाँबजारमा मुख्य कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारीका अध्यक्ष रमण पौडेलले श्रीमतीको नाममा सहकारीको पैसाबाट किनेको जमिन धमाधम वडाध्यक्षको नाममा पास गरेको तथ्य भेटिएको हो ।
यस विषयमा प्रश्न गर्दा वडाध्यक्ष सुवेदीले भने–‘सहकारीको जग्गा भन्ने मलाई के थाहा ? तपाईले जबरजस्ती सेटिङ भनेर सेटिङ हुने हो कि मैले आफ्नो क्यास तिरेर लिएको हो कि कसरी चोरेर लिएको हो, ठगेर ऊ गरेको हो कि मलाई के थाहा हुन्छ । तपाई आफैं हुनुभयो भने के थाहा हुन्छ सर भन्नु त ? त्यत्तिकैं कसैले पास गर्दिन्छ ।’
‘हेर्दा कागजी प्रक्रिया मिलाए जस्तो देखिए पनि यो सिधैं सहकारी ठग्ने उद्देश्यले खेलिएको ठगी धन्दा हो,’ सहकारीका एक कर्मचारीले भने–‘प्रहरीले छानबिन गर्नुपर्छ, यी सबै जग्गा सहकारी कैं नाममा पुनः फिर्ता नगरी सुखैं छैन र वडाध्यक्ष ठगी मुद्दामा जेल जान्छन् नैं ।’ ‘वडाध्यक्ष सुवेदीले पोखराको १५ रोपनी जमिन र चितवनको करिब ३२ कठ्ठा जमिन किनेको आर्थिक स्रोत र पैसा तिरेको कागज के देखाउन सक्छन् ?’ , कर्मचारीले भने–‘सक्दैनन्, पुरै सेटिङमा भएको ठगी हो । यसमा अरु पनि तानिन्छन् । तत्कालै छानबिन शुरु होस् ।’
जग्गा दलाली, मिटर ब्याजदेखि त्यस्तै धन्दा गर्ने गिरोहसँग आवद्ध रहेका वडाध्यक्ष सुवेदीले डुब्न लागेको सहकारीका अध्यक्ष पौडेललाई चेपुवामा पारेर कारोबार मिलाउने नाममा थप पैसा दिने आश्वासन देखाएर ठगी गरेको सहकारीका सबै कर्मचारीहरु खुलेरै बताउँछन् । जुन विषय संस्थाका अध्यक्ष र प्रबन्धकले भारत भाग्नु अघि २०७९ मंसिर १५ गते लेखेको एक पत्रमा स्पष्टसँग वडाध्यक्ष सुवेदीको हर्कत, उनले गरेको ठगि र उनले दिनुपर्ने रकम सबै खुलाईएको छ । जुन प्रमाण सहकारीको बचत डुबाउने सञ्चालकहरुमाथि छानबिन हुँदा प्रत्यक्ष अध्यक्ष र प्रबन्धकले बोल्ने र त्यो पत्रका विषयमा पनि प्रहरीले छानबिन गर्नेमा बचतकर्ताहरु आशावादी छन् ।
यस विषयमा प्रश्न गर्दा वडाध्यक्ष सुवेदीले भने–‘सहकारीको जग्गा भन्ने मलाई के थाहा ? तपाईले जबरजस्ती सेटिङ भनेर सेटिङ हुने हो कि मैले आफ्नो क्यास तिरेर लिएको हो कि कसरी चोरेर लिएको हो, ठगेर ऊ गरेको हो कि मलाई के थाहा हुन्छ । तपाई आफैं हुनुभयो भने के थाहा हुन्छ सर भन्नु त ? त्यत्तिकैं कसैले पास गर्दिन्छ ।’
सहकारीको करोडौं बचत डुबाएका सञ्चालकहरुले भाग्नु भन्दा केही समय अघि सहकारीको पैसाले आफ्नो परिवारका नाममा किनिएका घरघडेरी र जग्गाहरु सेटिङमा वडाध्यक्षको नाममा पास गरेको सहकारीका एक कर्मचारीले नैं डन न्यूजलाई बताए ।
ती कर्मचारीले भने–‘वडाध्यक्ष दीपक सुवेदी, मिटरव्याजी गुन्डाहरुको टिममा संलग्नमात्र होइन, पैसाका लागि जे पनि गर्ने दलाल हुनु हुँदोरहिछ । उहाँको खाताबाट ५० लाख रुपैयाँ पनि सहकारीमा आएको देखिदैंन, तर उहाँले १० करोड भन्दा बढि मूल्य पर्ने सहकारीको पैसाले किनिएका जमिन, घडेरी र धितोमा राखेको ३२ कठ्ठा जमिन सबै सेटिङमा हडप्नु भएको छ । प्रहरीले छिटो भन्दा छिटो अनुसन्धान गरोस् र बचतकर्ताको लगानी डुब्नबाट बचाओस् ।’
सहकारीका कर्मचारीहरुले डन न्यूजसँग भने–‘सहकारीका अध्यक्ष रमण पौडेल सरको श्रीमती सौजना अधिकारीको नामको लेखनाथमा रहेको १२ रोपनी जमिनमात्र होइन, कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले बिना पैसा पास गरेको छ ।’
ती कर्मचारीले भनेको भनाई र यस अघि सोही सहकारीमा धितो राखेर शान्ती केसीको चितवनको जमिन हड्प्ने विषयमा पनि एउटै पैसा बारम्बार वडाध्यक्षले दावी गर्दै आईरहेको देखिन्छ । पोखरा र लेखनाथको गरेर १५ रोपनी र चितवनको झण्डै ३२ कण्ठा जमिन वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गरेर राखेका छन् ।
यस अघि डन न्यूजले चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गराएको समाचार प्रकाशित गरेको थियो ।
यस विषयमा प्रहरीले पक्राउ गर्नुअघि बिना पैसा किन जग्गा पास गरेर दिएको भन्ने हाम्रो प्रश्नमा सहकारीका अध्यक्ष पौडेलले जम्मा ५० लाख रुपैयाँमात्र वडाध्यक्षले दिएको तर बाँकी पैसा दिनुस् भन्दा जे गर्न सक्छस् गर भनेर धम्क्याउने गरेको बताए । अध्यक्ष पौडेलले सहकारीको व्यवहार लथालिङ्ग भएको बेलामा मिलाउन भनेर विश्वासमा परेर जग्गा पास गरिदिए तर न पैसा पाईयो, न त जग्गा नै फिर्ता, वडाध्यक्षले विश्वासघात गर्ने काम गरेको बताएका थिए ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले सहकारी डुबेपछि भारत भाग्नु अघि लेखेको पत्रको एक अंश ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएपछि सहकारी रजिष्ट्रारको कार्यालय पोखराले आवश्यक छानबिन तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्राचार समेत गरिसकेको छ । ‘सहकारी ठगीको यो घटनामा अझैं अन्य मिटरव्याजी, टोले गुन्डा र नेताहरुको पनि संलग्नता रहेको दावी सहकारीका कर्मचारीहरुले गरिरहेका छन्’, एक बचतकर्ताले डन न्यूजसँग भने–‘जसको छानबिन प्रहरीले शुरु गरेपछि सत्यतथ्य अझै सार्वजनिक हुने नै छ । प्रहरीले छिटो भन्दा छिटो छानबिन सुरु गरिदिए हुन्थ्यो ।’
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला