
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
पोखरा, १५ कार्तिक । इन्धन चोरीको आरोपमा फरार नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका तत्कालिन डिपो प्रमुख चित्तरञ्जन दास अदालतमा उपस्थित हुँदैं पाँच लाख धरौंटी बुझाएर तारेखमा छुटेका छन् ।
गत साउन २५ गतेदेखि फरार मुख्य अभियुक्त डिपो प्रमुख दास आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार नै बयान लिएर थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले धरौंटी तारेखमा छोड्ने आदेश दिएको थियो ।
मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७२ अनुसार तत्कालिन कार्यालय प्रमुख दासलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो । यस अघि सोही घटनामा संलग्न तीनजनालाई धरौटी तारेखमा थुनामुक्त भएका थिए ।
इन्धन चोरीको घटनामा ट्यांकर मालिक तथा पेट्रोल पम्प सञ्चालक पश्चिमाञ्चल ट्रेडर्स पोखरा–२७ का सञ्चालक बाबुराम जम्कट्टेल, पेट्रोलपम्प व्यवसायीहरूका तर्फबाट ट्यांकरमा लोड भएको पेट्रोलियम पदार्थ डिप गर्दा हेर्न राखिएका गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापा २४ भदौमा धरौटी तारेखमा छुटेका थिए। जम्कट्टेलले एक लाख ५० हजार, ढुंगानाले एक लाख र थापाले ७५ हजार धरौटी बुझाएका थिए ।
डिपोबाट इन्धन चोरी भएको गोप्य सूचना २/३ महिनाअघि नैं जिल्ला प्रशासन कार्यालय कास्कीमा आएको थियो । प्रशासन कार्यालयले सप्रमाणसहित घटनामा संलग्नहरुलाई पक्राउ गर्न विशेष टोली नै खटाएको थियो । डिपोबाट इन्धन अपचलन गर्ने कार्यमा प्रमुख दास नै सक्रिय थिए । अन्य कर्मचारीलाई समेत आफ्नो डयूटी गर्न नदिई सबै काम प्रमुख दासले नैं गर्दथे । विवादित पात्र दासका गतिविधि शंकास्पद देखेपछि कर्मचारीहरुले नै प्रशासनमा खबर गरेका थिए । जसको पिछा गर्दै जाँदा प्रशासनले सप्रमाण पक्राउ गर्न सफल भएको थियो ।
गत साउन २५ गते डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेको भौंचर बोकेर ग २ ख ८३६ नम्बरको ट्यांकरबाट पम्पसम्म डिजेल लैजाँदै गर्दा डिपोमा रकम बुझाएकोभन्दा तीन हजार दुई सय लिटर बढी इन्धन जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले चेकजाँच गर्दा भेटेको थियो । प्रशासनले ट्यांकर पक्राउ गरी चेकजाँच गर्न कार्यालय प्रमुख दासलाई पनि बोलाएपछि उनी कार्यालयमा चाबी लगाएर फरार भएका थिए । पहिलोपटक दास विरुद्ध साउन ३० गते पक्राउ पुर्जी जारी भएको थियो ।
आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले पुनः भदौ २५ गते पक्राउ पुर्जी जारी गरेको थियो । दुईपटकसम्म पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका दास अन्ततः आफैँ अदालतमा उपस्थित भएर धरौंटीमा रिहा भएका हुन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ