
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब १ करोड रुपैयाँ हिनामिना गरेको छन् भने पछिल्लो समय रेष्टुरेण्टका नाममा पनि सहकारी ऐन विपरित झण्डैं १ करोड रुपैयाँ अपचलन गरिएको छ ।’
पोखरा, १३ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ केही सञ्चालक र दलका नेता मिलेर रेष्टुरेण्ट सञ्चालनको नाममा हिनामिना गरेको तथ्य प्रमाणसहित भेटिएको छ । सहकारीका उपाध्यक्ष विजय लम्साल र अर्जुन गिरी मिलेर सहकारीको झण्डैं १ करोड रुपैयाँ ‘क्याफे दि गार्डेन रेष्टुरेण्ट’ सञ्चालनको नाममा डुबाएको तथ्य सार्वजनिक भएको छ ।
पोखरा–९ नयाँबजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था र प्रेस युनियन कास्कीका उपाध्यक्ष लम्साल र नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१का ईञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधानसम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरी दुईजना मिलेर सहकारीको पैसा रेष्टुरेण्ट सञ्चालनका नाममा ऐन विपरित हिनामिना गरेको सप्रमाण डन न्यूजलाई प्राप्त भएको हो । बिना धितो गिरी र लम्सालले आफ्नो रेष्टुरेण्ट ‘क्याफे दि गार्डेन’मा सहकारीको ऐन विपरित लगानी गरेका हुन् ।
बिना धितो सहकारी कैं प्रेस सल्लाहकार रहेका अर्जुन गिरी र सहकारीका उपाध्यक्ष विजय लम्सालले आफ्नो रेष्टुरेण्ट ‘क्याफे दि गार्डेन’मा सहकारीको ऐन विपरित लगानी गरेका हुन्।
पोखरा–८, चिप्लेढुङ्गामा २०७५ माघ ७ गतेबाट सञ्चालनमा ल्याईएको रेष्टुरेण्टका नाममा सहकारीको झण्डै १ करोड रुपैयाँ बिना धितो लगानी गरिएको थियो । २०७५ पुस १३ गते सहकारीसँग भएको सम्झौंता अनुसार २०७७ असार १३ गते भित्रमा चुक्ता गर्ने गरी मासिक एक लाख ४८ हजार तीनसय २६ रुपैयाँ बुझाउने सहमति भएको कर्जा तमसुक कागजपत्रमा देखिन्छ ।


सहकारीका कर्मचारीका अनुसार कागजपत्रमा उल्लेख भए अनुसार रेष्टुरेण्ट सञ्चालक गिरी र लम्सालले १ महिनाको किस्ता तिरेको तर त्यसपछि जाँदा थर्काएर पठाउने गरेको बताए । ती कर्मचारीले डन न्यूजसँग भने–‘सहकारी कैं उपाध्यक्ष र पूर्व लेखा समिति सदस्य दुईजना मिलेर खोलिएको रेष्टुरेण्टमा किस्ता लिन जान पनि डर भयो, उल्टै हामीलाई थर्काएर पठाउने गरियो । आज रेष्टुरेण्ट पनि बन्द भईसक्यो र सहकारीको ऋण पनि तिरिएको छैन ।’
पोखरा–९ नयाँबजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष, नेपाली कांग्रेस निकटको प्रेस युनियन कास्कीका पनि उपाध्यक्ष लम्साल र सहकारीका प्रेस सल्लाहकार, नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१का ईञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधानसम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरी दुईजना मिलेर सहकारीको पैसा रेष्टुरेण्ट सञ्चालनका नाममा ऐन विपरित हिनामिना गरेको सप्रमाण डन न्यूजलाई प्राप्त भएको हो ।
सहकारीका कर्मचारीका अनुसार पत्रकार गिरी र सहकारीका उपाध्यक्षले पटक–पटक गरेर झण्डै १ करोड रुपैयाँ ऋण लगेका थिए । शुरुमा गिरी र लम्सालले ३५/३५ लाख रुपैयाँ सहकारीबाट ऋण लिएका हुन् । ‘रेष्टुरेण्ट सञ्चालनमा ल्याउँदा आयोजित पत्रकार सम्मेलनमा माघ ६ वा ७ गते हुनुपर्छ, गिरी र लम्साल दुवै रेष्टुरेण्ट सञ्चालकहरुले ७० लाख रुपैयाँ लगानीमा भएको सार्वजनिक कार्यक्रममा नै खुलाएका थिए’ सहकारीका ती कर्मचारीले भने–‘तामझामसहित सञ्चालित रेष्टुरेण्टका नाममा सहकारीको पैसा लुट्ने काम भयो, तर संस्था घाटामा देखाउँदैं आजसम्म पनि ऋण तिर्ने काम गरिएको छैन ।’

मित्र मिलन बचत तथा ऋण सहकारीमा यो समूहले सहकारी ऐन विपरित गरेका रकम हिनामिनाका धेरै घटनाहरु छन् । सम्बन्धित निकायले प्रमाणहरु नष्ट नहुँदैं छिट्टै यो घटनाको छानबिन गरेर पूर्वसञ्चालक, पूर्व लेखा समिति र वर्तमान सञ्चालक र लेखा समितिका सदस्यहरुलाई पक्राउ गरी कारवाही गर्न जरुरी छ ।-सम्पादक
यस विषयमा प्रश्न गर्दा सञ्चालक गिरीले सहकारीको ऋण चुक्ता भईसकेको दावी गरे । तर सहकारीका एक कर्मचारीले डन न्यूजलाई भने–‘गिरी र लम्सालले त्यो रेष्टुरेण्ट केही वर्ष चलाएर पुरै घाटामा पुर्याई छाडे । घाटामा रहेको त्यस रेष्टुरेण्टमा अध्यक्ष रमण पौडेलले थप १ करोड भन्दा बढि खर्चिएर सहकारीका सदस्यहरुलाई सटर भाडामा दिने भन्दैं नहुने काममा थप रकम हिनामिना गर्ने काम गरे । आजसम्म पनि सहकारीको ऋण तिरिएको छैन ।’

मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल र अर्जुन गिरीको संयुक्त नाममा लिइएको स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्र ।
आन्तरिक राजश्व विभागमा कारोबारको विवरणमा हेर्दा करदाताको प्रकार साझेदारी फर्म र व्यवसायको कारोबार हेर्दा चमेनागृह (रेष्टुरेण्ट) सञ्चालन गर्ने उल्लेख गरिएको छ । आन्तरिक राजश्व कार्यालयको स्थायी लेखा नम्बर ६०८७७३२२५ को दर्ता प्रमाणपत्रमा अर्जुन गिरी र विजय लम्सालको दुई तस्विर टाँसिएको भेटिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ स्थित यशोदा भट्टराई पराजुलीको कि.नं. ३३६१ को १–२–०–० क्षेत्रफलको जमिनमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ बस्ने रेष्टुरेण्ट सञ्चालक विजय लम्सालले मासिक ६ हजार भाडा कायम रहने गरी ७ वर्षका लागि त्यो जमिन भाडामा लिएका थिए । जग्गा भाडाको करारनामामा दोस्रो पक्षका रुपमा लम्साल र गिरीले सही छाप गरेका छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारीका प्रेस सल्लाहकार अर्जुन गिरी र उपाध्यक्ष विजय लम्साल जसले सहकारी ऐन विपरित संस्थाको करोडौं रुपैयाँ हिनामिना गरेका छन् ।
यता, घरेलु तथा साना उद्योग कार्यालयमा विजय लम्सालको नाममा २०७५/०८/०६ गते कुल पुँजी ३० लाख रुपैयाँ उल्लेख गरेर ३ जना कामदार संख्या तोक्दैं क्याफे दि गार्डेनका नाममा उद्योग दर्ता गरिएको छ ।
‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब १ करोड रुपैयाँ हिनामिना गरेको छन् भने पछिल्लो समय रेष्टुरेण्टका नाममा पनि झण्डैं १ करोड रुपैयाँ अपचलन गरिएको छ ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो