
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब १ करोड रुपैयाँ हिनामिना गरेको छन् भने पछिल्लो समय रेष्टुरेण्टका नाममा पनि सहकारी ऐन विपरित झण्डैं १ करोड रुपैयाँ अपचलन गरिएको छ ।’
पोखरा, १३ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ केही सञ्चालक र दलका नेता मिलेर रेष्टुरेण्ट सञ्चालनको नाममा हिनामिना गरेको तथ्य प्रमाणसहित भेटिएको छ । सहकारीका उपाध्यक्ष विजय लम्साल र अर्जुन गिरी मिलेर सहकारीको झण्डैं १ करोड रुपैयाँ ‘क्याफे दि गार्डेन रेष्टुरेण्ट’ सञ्चालनको नाममा डुबाएको तथ्य सार्वजनिक भएको छ ।
पोखरा–९ नयाँबजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था र प्रेस युनियन कास्कीका उपाध्यक्ष लम्साल र नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१का ईञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधानसम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरी दुईजना मिलेर सहकारीको पैसा रेष्टुरेण्ट सञ्चालनका नाममा ऐन विपरित हिनामिना गरेको सप्रमाण डन न्यूजलाई प्राप्त भएको हो । बिना धितो गिरी र लम्सालले आफ्नो रेष्टुरेण्ट ‘क्याफे दि गार्डेन’मा सहकारीको ऐन विपरित लगानी गरेका हुन् ।
बिना धितो सहकारी कैं प्रेस सल्लाहकार रहेका अर्जुन गिरी र सहकारीका उपाध्यक्ष विजय लम्सालले आफ्नो रेष्टुरेण्ट ‘क्याफे दि गार्डेन’मा सहकारीको ऐन विपरित लगानी गरेका हुन्।
पोखरा–८, चिप्लेढुङ्गामा २०७५ माघ ७ गतेबाट सञ्चालनमा ल्याईएको रेष्टुरेण्टका नाममा सहकारीको झण्डै १ करोड रुपैयाँ बिना धितो लगानी गरिएको थियो । २०७५ पुस १३ गते सहकारीसँग भएको सम्झौंता अनुसार २०७७ असार १३ गते भित्रमा चुक्ता गर्ने गरी मासिक एक लाख ४८ हजार तीनसय २६ रुपैयाँ बुझाउने सहमति भएको कर्जा तमसुक कागजपत्रमा देखिन्छ ।


सहकारीका कर्मचारीका अनुसार कागजपत्रमा उल्लेख भए अनुसार रेष्टुरेण्ट सञ्चालक गिरी र लम्सालले १ महिनाको किस्ता तिरेको तर त्यसपछि जाँदा थर्काएर पठाउने गरेको बताए । ती कर्मचारीले डन न्यूजसँग भने–‘सहकारी कैं उपाध्यक्ष र पूर्व लेखा समिति सदस्य दुईजना मिलेर खोलिएको रेष्टुरेण्टमा किस्ता लिन जान पनि डर भयो, उल्टै हामीलाई थर्काएर पठाउने गरियो । आज रेष्टुरेण्ट पनि बन्द भईसक्यो र सहकारीको ऋण पनि तिरिएको छैन ।’
पोखरा–९ नयाँबजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष, नेपाली कांग्रेस निकटको प्रेस युनियन कास्कीका पनि उपाध्यक्ष लम्साल र सहकारीका प्रेस सल्लाहकार, नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१का ईञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधानसम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरी दुईजना मिलेर सहकारीको पैसा रेष्टुरेण्ट सञ्चालनका नाममा ऐन विपरित हिनामिना गरेको सप्रमाण डन न्यूजलाई प्राप्त भएको हो ।
सहकारीका कर्मचारीका अनुसार पत्रकार गिरी र सहकारीका उपाध्यक्षले पटक–पटक गरेर झण्डै १ करोड रुपैयाँ ऋण लगेका थिए । शुरुमा गिरी र लम्सालले ३५/३५ लाख रुपैयाँ सहकारीबाट ऋण लिएका हुन् । ‘रेष्टुरेण्ट सञ्चालनमा ल्याउँदा आयोजित पत्रकार सम्मेलनमा माघ ६ वा ७ गते हुनुपर्छ, गिरी र लम्साल दुवै रेष्टुरेण्ट सञ्चालकहरुले ७० लाख रुपैयाँ लगानीमा भएको सार्वजनिक कार्यक्रममा नै खुलाएका थिए’ सहकारीका ती कर्मचारीले भने–‘तामझामसहित सञ्चालित रेष्टुरेण्टका नाममा सहकारीको पैसा लुट्ने काम भयो, तर संस्था घाटामा देखाउँदैं आजसम्म पनि ऋण तिर्ने काम गरिएको छैन ।’

मित्र मिलन बचत तथा ऋण सहकारीमा यो समूहले सहकारी ऐन विपरित गरेका रकम हिनामिनाका धेरै घटनाहरु छन् । सम्बन्धित निकायले प्रमाणहरु नष्ट नहुँदैं छिट्टै यो घटनाको छानबिन गरेर पूर्वसञ्चालक, पूर्व लेखा समिति र वर्तमान सञ्चालक र लेखा समितिका सदस्यहरुलाई पक्राउ गरी कारवाही गर्न जरुरी छ ।-सम्पादक
यस विषयमा प्रश्न गर्दा सञ्चालक गिरीले सहकारीको ऋण चुक्ता भईसकेको दावी गरे । तर सहकारीका एक कर्मचारीले डन न्यूजलाई भने–‘गिरी र लम्सालले त्यो रेष्टुरेण्ट केही वर्ष चलाएर पुरै घाटामा पुर्याई छाडे । घाटामा रहेको त्यस रेष्टुरेण्टमा अध्यक्ष रमण पौडेलले थप १ करोड भन्दा बढि खर्चिएर सहकारीका सदस्यहरुलाई सटर भाडामा दिने भन्दैं नहुने काममा थप रकम हिनामिना गर्ने काम गरे । आजसम्म पनि सहकारीको ऋण तिरिएको छैन ।’

मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल र अर्जुन गिरीको संयुक्त नाममा लिइएको स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्र ।
आन्तरिक राजश्व विभागमा कारोबारको विवरणमा हेर्दा करदाताको प्रकार साझेदारी फर्म र व्यवसायको कारोबार हेर्दा चमेनागृह (रेष्टुरेण्ट) सञ्चालन गर्ने उल्लेख गरिएको छ । आन्तरिक राजश्व कार्यालयको स्थायी लेखा नम्बर ६०८७७३२२५ को दर्ता प्रमाणपत्रमा अर्जुन गिरी र विजय लम्सालको दुई तस्विर टाँसिएको भेटिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ स्थित यशोदा भट्टराई पराजुलीको कि.नं. ३३६१ को १–२–०–० क्षेत्रफलको जमिनमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ बस्ने रेष्टुरेण्ट सञ्चालक विजय लम्सालले मासिक ६ हजार भाडा कायम रहने गरी ७ वर्षका लागि त्यो जमिन भाडामा लिएका थिए । जग्गा भाडाको करारनामामा दोस्रो पक्षका रुपमा लम्साल र गिरीले सही छाप गरेका छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारीका प्रेस सल्लाहकार अर्जुन गिरी र उपाध्यक्ष विजय लम्साल जसले सहकारी ऐन विपरित संस्थाको करोडौं रुपैयाँ हिनामिना गरेका छन् ।
यता, घरेलु तथा साना उद्योग कार्यालयमा विजय लम्सालको नाममा २०७५/०८/०६ गते कुल पुँजी ३० लाख रुपैयाँ उल्लेख गरेर ३ जना कामदार संख्या तोक्दैं क्याफे दि गार्डेनका नाममा उद्योग दर्ता गरिएको छ ।
‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब १ करोड रुपैयाँ हिनामिना गरेको छन् भने पछिल्लो समय रेष्टुरेण्टका नाममा पनि झण्डैं १ करोड रुपैयाँ अपचलन गरिएको छ ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर