
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
‘यतिबेला अध्यक्ष रमणले को-कोले पैसा लगेका छन्, कहाँ-कहाँ पैसा फसेको छ र कस-कसले ऋण नतिरिकन पनि कागजपत्र मिलाएका छन्, सबैको बारेमा खुलासा गर्दै थिए । तर प्रहरीले पक्राउ गरेछ, अब त झन् सहकारीको सफट्वेयरको पासवर्ड उपाध्यक्ष लम्सालले पाए भने त झनैं सहकारीको सम्पत्ति हिनामिना गर्ने भए ।’- जिप्रका अगाडि जम्मा भएका पीडित बचतकर्ताहरु
पोखरा, ५ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेड पोखरा–९, नयाँबजारका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार विकले बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष पौडेल र निर्देशक अधिकारीलाई हिजो पक्राउ गरिएको जानकारी दिए । डीएसपी विकले भने–‘सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको हो ।’
बचतकर्ता सरस्वती सिग्देलले १३ लाख रुपैयाँको चेक नसाटिएपछि प्रहरीमा जाहेरी दिएकी थिईन् । अध्यक्ष पौडेल पक्राउ परेसँगैं सहकारीका बचतकर्ताहरु झनैं डराएका छन् । उपाध्यक्ष विजय लम्सालको समूहले सहकारीको सम्पत्ति धमाधम व्यक्तिका नाममा कानुन विपरित बेच्ने, ऋण नै नतिरेका व्यक्तिलाई तिरेको भनेर कागजपत्र बनाईदिने लगायतका धन्दाहरु गरेको भेटेपछि बचतकर्ताहरु आत्तिएका हुन् ।
सहकारीका एक बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडि डन न्यूजसँग भने–‘यतिबेला अध्यक्ष रमणले को कोले पैसा लगेका छन्, कहाँ कहाँ पैसा फसेको छ र कसकसले ऋण नतिरिकन पनि कागजपत्र मिलाएका छन्, सबैको बारेमा खुलासा गर्दै थिए । तर प्रहरीले पक्राउ गरेछ, अब त झन् सहकारीको सफट्वेयरको पासवर्ड उपाध्यक्ष लम्सालले पाए भने त झनैं सहकारीको सम्पत्ति हिनामिना गर्ने भए ।’

पोखरा महानगरपालिका वडा नं. ९ को नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय ।।