१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।
पोखरा, २५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)को समूह विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पोखरादेखि देशभरका टोलेगुण्डाहरुसँग मिलेर सहकारीको रकम हिनामिना गर्दै आईरहेका जीबी राई समूहले १६ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राई समूहका ७ जना विरुद्ध भदौं २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको हो । यो समूहले ९ सय ७१ जना बचतकर्ताहरुको १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ रकम हिनामिना गरेका थिए । सो सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा यो समूहले पोखराबाट कारोबार शुरु गरेको थियो । हाल यस सहकारीको अध्यक्षमा थानबहादुर बुढा र कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल रहेका छन् । ग्यालेक्सी टेलिभिजनमा रम्तेल पनि सञ्चालकको रुपमा रहेका छन् । प्रहरीले हालसम्म सहकारीका कुनै सञ्चालकलाई पक्राउ गर्न सकेको छैन ।
पोखराबाट सहकारी शुरु गर्दै देशका विभिन्न शहरहरुमा पुगेको यो समूहले सहकारीसँगैं मिडिया क्षेत्र, नेटवर्किङ व्यवसाय हुँदैं स्थानीय टोले गुन्डाहरुसँग मिलेर रात्रिकालिन व्यवसाय हुँदै होटल सञ्चालनमा नाममा पनि लगानी गर्दै आईरहेका थिए ।
सहकारीको रकम बिना धितो लाखौं रुपैयाँ टोले गुन्डाहरुलाई बाँड्ने र ठगी धन्दामा संलग्न यो समूहका बारेमा स्थानीय टोले गुन्डाहरुको सामाजिक सञ्जाल फेसबुक र उनीहरुसँगको तस्विरहरुबाट पनि प्रष्ट रुपमा बुझ्न सकिन्छ । पोखरामा मोस्ट वाण्टेडको सूचीमा रही अपराधिक धन्दामा संलग्न र हाल राजनीतिक दलका युवा संगठनमा आवद्ध केही समूहमा समेत यो गिरोहको लगानी छ ।
पोखरादेखि अन्य शहरमा खोलिएका सहकारीको रकम पनि हिनामिना