
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना बिल ऋण लिएको भेटिएपछि यो रहस्य खुलेको हो ।
बेशीसहर नगरपालिका वडा नं. ७ की २७ वर्षीया सुजा घिमिरे दुईवटा घरबाट २३ तोला भन्दा बढि सुनका गरगहना चोरेको सप्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको छ । चोरिएको सुन मध्येबाट जम्मा ३ तोलामात्र बैंकमा राखेर धितो राखेर सुजाले ‘गोल्ड लोन’ लिएकी थिईन् । सुजामाथि जिल्ला अदालत लमजुङबाट सोमबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
चोरिएको गहना नेपाल बैंक लिमिटेडमा राखेर ऋण लिएपछि चोरीमा संलग्न सुजा प्रहरीको फन्दामा परेकी थिईन् । ३ तोला सुन धितो राखेर एकलाख ८० हजार रुपैयाँ सुजाले ऋण लिएकी थिईन् । बैंकले सुजाको चोरी गरेर ल्याएको सुन बिल बिना नै धितोमा राखी ऋण दिएको थियो ।
सुजाले एउटा रानीहार, दुईवटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार र टप लगायत गरगहनाहरू चोरी गरेकी थिईन् । प्रहरीले बैंकबाट र सुजाको कोठाबाट चोरिएका बाँकी गरगहनाहरु बरामद गरेको थियो । चोरीको घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले यसरी चोरिएका गहनाहरु बिना बिल बैंकले राखिदिँदा अन्य यस्ता घटनाहरु भएको र ‘गोल्ड लोन’को दुरुपयोग भएको बताएका छन् ।
गत वैशाख २५ गते लमजुङ वेशीशहर वडा ७ क्याम्पस रोडस्थित सुजाकी साथी जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो । घरबाट ठुलो परिमाणमा सुनका गरगहना चोरी भएपछि फिर्ता पाउने सम्भावना नरहेको भन्दैं पीडित परिवारले प्रहरीलाई खबर नै गरेनन् । सुजा यहीं घरमा रहेको एक गैरसरकारी संस्थामा कार्यरत थिईन् ।
यसरी नैं पुनः साउन ३० गते बेशीसहरमै अर्को चोरीको घटना भयो । वडा नम्बर ७ कै न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भयो । एकै वडामा एकै प्रकृतिले सुनका गरगहना चोरिएपछि यो घटनामा भने प्रहरीलाई खबर गरियो । उक्त चोरीबारे हल्लाखल्ला भएपछि सुजाले आफ्नो पनि सुन चोरी भएको भन्दै जमुनासँग झुटो कुराकानी गर्न पुगेकी रहिछन् ।
दुबै चोरीका घटना एकै प्रकृतिका देखिए । चोरले सुनका गरगहना चोरी गर्दा कतै पनि तोडफोड गरेको देखिएन । दुवै ठाउँमा सजिलैंसँगै चोरी भएको देखियो । प्रहरीले दुवै घटनामा एकै समूहको संलग्नता भएको आँकलनका साथ अनुसन्धान गर्दै थियो । अनुसन्धानको क्रममा प्रहरीले दुई वटैं घटनाको कनेक्सन सुजासँग भएको पत्ता लगाउन पुग्यो ।
‘अर्को चोरी पनि भएपछि पक्राउ परेकी युवतीले जमुनासँग आफ्नो पनि गहना हराएको भनेकी रहेछन्,’ प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने, ‘यसरी उनीहरू दुबैले प्रहरीमा जानुपर्छ भनेर भदौ १ गतेतिर चोरी भएको भनेर निवेदन दिएका थिए ।’
साउन ३० गते चोरी भएको दिनमा सुजाले बालकुमारीलाई सम्पर्क गरेको भेटिएपछि प्रहरीलाई उनीमाथि शंका गरेको थियो । बालकुमारकी छोरी सुजाकी साथी थिईन् । जो अमेरिकामा बस्थिन् । घर परिवारसँग पनि राम्रो सम्बन्ध भएका कारण सुजा बारम्बार आईरहन्थिन् ।
प्रहरीले चोरीमा सुजाको संलग्नता रहेको आशंका गरेपछि उनीमाथि अनुसन्धान र सोधपुछ शुरु ग¥र्यो । सोधपुछका क्रममा सुजाले आफु बालकुमारीको घरमा फोन गरेर गमलामा लगाउन मल लिन पुगेको बताईन् । प्रहरीले सुनचाँदी पसल र अन्यत्र कतै बेचिएको छ कि भन्दैं अनुसन्धान गर्दै थियो । सोही क्रममा प्रहरीले नेपाल बैंक लिमिटेडबाट सुजाले गरगहनाहरु धिता राखेर ऋण लिएको पत्ता लगायो । तत्कालैं प्रहरीले उनलाई पक्राउ गर्यो र कोठामा खानतलासी गर्दा अन्य चोरिएका गरगहनाहरु पनि भेटिए । र, अन्तमा सुजा प्रहरीको फन्दामा परिन् ।