
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना बिल ऋण लिएको भेटिएपछि यो रहस्य खुलेको हो ।
बेशीसहर नगरपालिका वडा नं. ७ की २७ वर्षीया सुजा घिमिरे दुईवटा घरबाट २३ तोला भन्दा बढि सुनका गरगहना चोरेको सप्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको छ । चोरिएको सुन मध्येबाट जम्मा ३ तोलामात्र बैंकमा राखेर धितो राखेर सुजाले ‘गोल्ड लोन’ लिएकी थिईन् । सुजामाथि जिल्ला अदालत लमजुङबाट सोमबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
चोरिएको गहना नेपाल बैंक लिमिटेडमा राखेर ऋण लिएपछि चोरीमा संलग्न सुजा प्रहरीको फन्दामा परेकी थिईन् । ३ तोला सुन धितो राखेर एकलाख ८० हजार रुपैयाँ सुजाले ऋण लिएकी थिईन् । बैंकले सुजाको चोरी गरेर ल्याएको सुन बिल बिना नै धितोमा राखी ऋण दिएको थियो ।
सुजाले एउटा रानीहार, दुईवटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार र टप लगायत गरगहनाहरू चोरी गरेकी थिईन् । प्रहरीले बैंकबाट र सुजाको कोठाबाट चोरिएका बाँकी गरगहनाहरु बरामद गरेको थियो । चोरीको घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले यसरी चोरिएका गहनाहरु बिना बिल बैंकले राखिदिँदा अन्य यस्ता घटनाहरु भएको र ‘गोल्ड लोन’को दुरुपयोग भएको बताएका छन् ।
गत वैशाख २५ गते लमजुङ वेशीशहर वडा ७ क्याम्पस रोडस्थित सुजाकी साथी जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो । घरबाट ठुलो परिमाणमा सुनका गरगहना चोरी भएपछि फिर्ता पाउने सम्भावना नरहेको भन्दैं पीडित परिवारले प्रहरीलाई खबर नै गरेनन् । सुजा यहीं घरमा रहेको एक गैरसरकारी संस्थामा कार्यरत थिईन् ।
यसरी नैं पुनः साउन ३० गते बेशीसहरमै अर्को चोरीको घटना भयो । वडा नम्बर ७ कै न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भयो । एकै वडामा एकै प्रकृतिले सुनका गरगहना चोरिएपछि यो घटनामा भने प्रहरीलाई खबर गरियो । उक्त चोरीबारे हल्लाखल्ला भएपछि सुजाले आफ्नो पनि सुन चोरी भएको भन्दै जमुनासँग झुटो कुराकानी गर्न पुगेकी रहिछन् ।
दुबै चोरीका घटना एकै प्रकृतिका देखिए । चोरले सुनका गरगहना चोरी गर्दा कतै पनि तोडफोड गरेको देखिएन । दुवै ठाउँमा सजिलैंसँगै चोरी भएको देखियो । प्रहरीले दुवै घटनामा एकै समूहको संलग्नता भएको आँकलनका साथ अनुसन्धान गर्दै थियो । अनुसन्धानको क्रममा प्रहरीले दुई वटैं घटनाको कनेक्सन सुजासँग भएको पत्ता लगाउन पुग्यो ।
‘अर्को चोरी पनि भएपछि पक्राउ परेकी युवतीले जमुनासँग आफ्नो पनि गहना हराएको भनेकी रहेछन्,’ प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने, ‘यसरी उनीहरू दुबैले प्रहरीमा जानुपर्छ भनेर भदौ १ गतेतिर चोरी भएको भनेर निवेदन दिएका थिए ।’
साउन ३० गते चोरी भएको दिनमा सुजाले बालकुमारीलाई सम्पर्क गरेको भेटिएपछि प्रहरीलाई उनीमाथि शंका गरेको थियो । बालकुमारकी छोरी सुजाकी साथी थिईन् । जो अमेरिकामा बस्थिन् । घर परिवारसँग पनि राम्रो सम्बन्ध भएका कारण सुजा बारम्बार आईरहन्थिन् ।
प्रहरीले चोरीमा सुजाको संलग्नता रहेको आशंका गरेपछि उनीमाथि अनुसन्धान र सोधपुछ शुरु ग¥र्यो । सोधपुछका क्रममा सुजाले आफु बालकुमारीको घरमा फोन गरेर गमलामा लगाउन मल लिन पुगेको बताईन् । प्रहरीले सुनचाँदी पसल र अन्यत्र कतै बेचिएको छ कि भन्दैं अनुसन्धान गर्दै थियो । सोही क्रममा प्रहरीले नेपाल बैंक लिमिटेडबाट सुजाले गरगहनाहरु धिता राखेर ऋण लिएको पत्ता लगायो । तत्कालैं प्रहरीले उनलाई पक्राउ गर्यो र कोठामा खानतलासी गर्दा अन्य चोरिएका गरगहनाहरु पनि भेटिए । र, अन्तमा सुजा प्रहरीको फन्दामा परिन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन