
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
डिजेल चोरीको आरोपमा सप्रमाण समातिएका व्यापारी बाबुराम जम्मरकट्टेललाई बचाउन उनका ससुरा पोखराका कमल पगेनीले राष्ट्रपति कार्यालयसम्म पुगेर प्रहरी प्रशासनलाई दवाव दिएका छन् । ज्वाई डिजेल चोरीमा संलग्न भएपछि बचाउन ससुराले राष्ट्रपति रामचन्द्र पौडेलदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसम्मको दवाव प्रहरी प्रशासनलाई दिएका छन् ।
पोखरा, १७ भदौं । डिजेल चोरीमा संलग्न पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मरकट्टेलले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । पक्राउ पुर्जी जारी गरेको १८ औं दिनमा जम्मरकट्टेलले प्रहरी सामु आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले जानकारी दिए । तत्कालिन डिपो प्रमुख चितरञ्जन दास भने हालसम्म फरार नै छन् ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय गगनगौडा डिपो पोखराबाट तत्कालिन कार्यालय प्रमुख दास र पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको पश्चिमाञ्चल ट्रेडर्स डाँडाकोनाकका सञ्चालक जम्मरकट्टेल मिलेर डिजेल चोरी गरेका थिए । यस घटनामाा प्रहरीले गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनका कार्यालय सचिव ५१ वर्षीय जगन्नाथ ढुङ्गाना र ट्याकरका चालक २८ वर्षीय निर्मल थापालाई साउन २९ गते नैं प्रहरीले पक्राउ गरेको थियो ।
गत साउन २५ गते कार्यालय प्रमुख दास र व्यापारी जम्मरकट्टेल मिलेर डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेर पश्चिमाञ्चल ट्रेडर्समा लैजाँदैं गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हंसपुरमा लगेर चेकजाँच गरेको थियो । चेक जाँचका क्रममा बिलमा उल्लेख भए भन्दा ३ हजार लिटर बढि डिजेल मिलेमतोमा चोरी गरी ल्याईएको भेटिएको थियो ।
नेपाली कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका ज्वाई जम्मरकट्टेललाई बचाउनका लागि अनुसन्धानमा खटिएका प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरालाई माथिबाटै दवाव सिर्जना गरिएको छ ।
प्रहरीले डिजेल चोरीमा संलग्न दुवैजनालाई पक्राउ गर्नका लागि साउन ३० गते नै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका व्यापारी जम्मरकट्टेल भदौं १४ गते आफैं प्रहरीकोमा पुगे लगत्तै जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भईसकेका जम्मरकट्टेल लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत हुन् । त्यसैगरी उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको केन्द्रीय सदस्य समेत रहेका छन् ।
डिजेल चोरीमा संलग्न व्यापारी जम्मरकट्टेलको पेट्रोल पम्पमा निगमले साउन २६ गतेदेखि नैं तेल ढुवानी रोकिदिएको छ । घट्नापछि जिल्ला प्रशासन कार्यालय कास्कीले घट्ना भ्रष्टाचार निवारण ऐनसँग सम्बन्धित रहेको भन्दै आवश्यक कारबाहीको लागि साउन २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरामा पत्र पठाएको थियो । अख्तियारसँगैं हंसपुर प्रहरीले पनि अनुसन्धानलाई अगाडि बढाई रहेको छ ।
हंसपुरका प्रहरी प्रमुख डिएसपी दाहालका अनुसार जिल्ला प्रशासनको पत्रपछि कार्यालयले प्रारम्भिक अनुसन्धान सकेर साउन २९ गते मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५२ बमोजिमको कसुर अन्र्तगत अपराधिक विश्वासघात (ठगी) शिर्षकमा जिल्ला अदातल कास्कीमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले मुद्दा दर्ता गरेपछि अदालतले साउन ३० गते नैं चोरी तथा ठगीमा संलग्न चारैजनालाई पक्राउ गर्न अनुमति दिएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगैं साउन २९ गते कार्यालय सचिव ढुंगाना र ट्यांकर चालक थापालाई पक्राउ गरिएको थियो । फरार दास कताछन् भन्नेमा हालसम्म कुनै अत्तो पत्तो छैन् । उनी निगमको कार्यालयको सम्पर्कमा समेट छैन्न । स्रोतका अनुसार दास र जमरकटे्ल घट्ना पछि करिव एक साता पोखरामै लुकेर बसेका थिए । त्यसपछि दास भारततर्फ भागेको स्रोतको दावी छ ।
दासलाई डिजेल–पेट्रोल चोरीको १० लाख बुझाउनै बाँकी
नेपाल आयल निगमको प्रादेशिक कार्यालय गगनगौडा डिपो पोखराबाट तत्कालिन कार्यालय प्रमुख चिरञ्जन दासलाई पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको पश्चिमाञ्चल ट्रेडर्स डाँडाकोनाकका सञ्चालक बाबुराम जम्मरकट्टेलले डिजेल–पेट्रोल चोरीको १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको रहस्य खुलेको छ ।
डिपो प्रमुखको रुपमा २०७९ असोज ६ गते आएका दासले निजी पम्प तथा ट्यांकरहरुका धनीहरुसँग मिलेर केही कम मूल्यमा चोरीमा पेट्रोलियम पदार्थ दिने र सिधैं नगदैं पैसा बुझ्ने काम गर्दै आईरहेका थिए । यो विषयमा डिपो कैं कर्मचारीहरुले डेढ महिना अघि नै जिल्ला प्रशासन कार्यालय कास्की र नेपाल आयल निगम केन्द्रलाई खबर समेत गरेका थिए ।
कार्यालय प्रमुख दासले ट्यांकरमा डिप गर्ने जिम्मा पाएका अन्य कर्मचारीहरुलाई पनि पन्छाउँदैं विल बनाउने, पास दिनेदेखि डिप गर्नेसम्म सबै काम एक्लैंले गर्दै आईरहेका थिए । प्रशासनले व्यापारी जम्मरकट्टेल समातिए पनि यो धन्दामा धेरै पेट्रोल पम्प सञ्चालक र ट्यांकर धनीहरुको मिलेमतोमा धन्दा हुँदैं आईरहेको थियो ।
ज्वाईलाई बचाउन ससुरा राष्ट्रपतिकोमा, गण्डकीका मुख्यमन्त्री पनि प्रहरीलाई दवाव दिदैं
डिजेल चोरीको आरोपमा सप्रमाण समातिएका व्यापारी बाबुराम जम्मरकट्टेललाई बचाउन उनका ससुरा पोखराका कमल पगेनीले राष्ट्रपति कार्यालयसम्म पुगेर प्रहरी प्रशासनलाई दवाव दिएका छन् । ज्वाई डिजेल चोरीमा संलग्न भएपछि बचाउन ससुराले राष्ट्रपति रामचन्द्र पौडेलदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसम्मको दवाव प्रहरी प्रशासनलाई दिएका छन् ।
ससुरा पगेनी र राष्ट्रपति पौडेल एकदमैं मिल्ने साथी भएको र क्याम्पसमासँगैं राजनीति गरेका पात्रहरु हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका ज्वाई जम्मरकट्टेललाई बचाउनका लागि अनुसन्धानमा खटिएका प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरालाई माथिबाटै दवाव सिर्जना गरिएको छ ।
प्रहरी स्रोतका अनुसार ज्वाई जम्मरकट्टेललाई कम भन्दा कम सजाय गरेर छुटकरा दिलाउन दवाव दिइएको छ । तर ससुराले दवाव दिन माथिल्लो निकायलाई लगाउँदैंमा ज्वाईले गरेको गल्तीबाट उन्मुक्ति पाउन सक्दैनन्, उनलाई गल्ती अनुसारको सजाय हुन्छ नैं ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो