
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
‘तस्करसँग गहिरो कनेक्सन देखिँदा पनि नपक्रनु शंकास्पद,’ आफूलाई बचाइदिन शक्तिकेन्द्रमा हारगुहार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ ।
पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुनतस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको हो ।
गत शुक्रबार बसेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीलाई अनुसन्धान घेरामा ल्याउने र उनीहरू सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार स्रोतले अध्यागमन विभागका महानिर्देशक अधिकारीसहित सुन काण्डमा मुछिएका सबैलाई छानबिनको घेरामा ल्याउने निर्णय गरेको हो ।
अख्तियारको सो निर्णयअनुसार ६० किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन र अनुसन्धान शुरूभएको छ । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन थालेको छ ।
अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहित सुन तस्करीमा मुछिएका सार्वजनिक ओहोदामा रहेका सबैमाथि विस्तृत छानबिन गर्न अनुसन्धान अधिकृतहरू नै तोकेर अनुसन्धान थालेको जनाइएको छ । अख्तियारले महानिर्देशक अधिकारीसहित अन्य कर्मचारीको सुन तस्करसँग भएका आर्थिक कारोबारका बारेमा विभिन्न सम्पर्क स्रोतमार्फत् जानकारी लिने काम गरिरहेको बताइएको छ । सुन तस्करसँग सम्बद्ध रहेकाहरूको १३ पन्ने विवरण भराउनुका साथै उनीहरूले यसअघि जागिर खाँदाका सबै गतिविधिको एक एक अध्ययन र अनुसन्धान गर्ने अख्तियार स्रोतले जनाएको छ ।
६० किलो सुनतस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङसँग गहिरो कनेक्सन देखिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी विभागबाट हटाइएका छन् । उनलाई हाल गृह मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोबापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ । अतः अधिकारी सीआईबीको गम्भीर छानबिनमा समेत परिसकेका छन् ।
गृहमन्त्रालयका एक अधिकारीले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीमाथि सीआईबी र अख्तियारले समेत छानबिन थालेकाले गृह मन्त्रालयले छानबिन गर्न जरुरी नरहेको बताए । ‘अधिकारीलाई गृह मन्त्रालयमा तानेर अतिरिक्त समूहमा राख्ने निर्णय भएको छ, उहाँमाथि सीआईबीले छानबिन गरिरहेको र अख्तियारले समेत छानबिन गर्ने भएकाले गृहबाट छानबिन गर्न जरुरी देखिँदैन’ –गृहका ती अधिकारीले नेपाल समाचारपत्रसँग भने । तर, गृहमन्त्रालयले अधिकारीलाई निलम्बन गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ । सुन तस्करसँग कनेक्सन भएको विषय सार्वजनिक भइसक्दा समेत अधिकारीलाई निलम्बन गर्न नसक्दा गृहमन्त्रालयको नेतृत्वमाथि प्रश्न भइरहेको छ । अधिकारीलाई निलम्बन गर्ने विषयमा गृहमन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन ।
गृहमन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागबाट मन्त्रालय तान्ने निर्णय गरेको थियो । अधिकारी भने हाल बिदामा छन् । अख्तियार स्रोतका अनुसार सुनकाण्डमा मुछिएका तथा तस्करहरूसँग कनेक्सन भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेका प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् । अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग मिलेर विभिन्न धन्दाहरू सञ्चालन गर्ने गरेको र सोबाट आएको ठूलो परिमाणको रकमले नेपाल र भारतका विभिन्न होटलहरूमा लगानी गरेको दाबी स्रोतको छ । पोखरा निवासी अधिकारीको पोखराका चर्चित र ठूला होटलहरूमा बढी लगानी रहेको बताइएको छ ।
स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत अधिकारीले भूमिका खेल्ने गरेको स्रोतले जानकारी दिएको छ । सुन तस्कर दावासँग अधिकारीको कनेक्सन अधिकारी ठूला करदाता कार्यालयमा बस्दा भएको थियो । त्यसपछि उनीहरूबीच घनिष्ट सम्बन्ध रहँदै आएको स्रोतको दाबी छ । ठूला करदाता कार्यालयको प्रमुख रहँदा नै सुन तस्करसँग निकट सम्बन्ध राख्नुलाई अत्यन्तै संवेदनशीलतापूर्वक लिनुपर्ने र यसले राष्ट्रिय हितमा समेत गम्भीर धक्का लाग्न सक्ने सरोकारवालाले बताएका छन् ।
१. झलकराम अधिकारी –तत्कालीन महानिर्देशक अध्यागमन विभाग
२.सन्तोष चन्द – भन्सार अधिकृत
३.कुमार ढकाल – खरिदार
४.सन्तोष श्रेष्ठ – एक्सरेका कर्मचारी
५.रेवन्त खड्का –नायब सुब्बा
६१ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्कर दावा छिरिङसँग गहिरो कनेक्सन देखिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पक्राउ नगर्नुलाई शंकास्पद रूपमा हेरिएको छ ।
अधिकारी र सुन तस्कर दावाबीच विच्याटमार्फत् विभिन्न व्यावसायिक धन्दाहरूका बारेमा कुराकानी हुने गरेको र अधिकारीले दावालाई सघाएबापत ठूलै आर्थिक लाभ लिएको विषय सार्वजनिक भइसकेको छ । तर, यति महत्वपूर्ण प्रमाण पाउँदासमेत सीआईबीले अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान गर्न सकेको छैन ।
अधिकारी भने शक्तिकेन्द्रलाई पुनः प्रभावमा पारेर उम्किने खेलमा लाग्न थालेको बताइएको छ । गृह मन्त्रालयले अधिकारीलाई बिहीबार नै मन्त्रालयमा तानेपनि उनी बिदामा बसेका छन् । बिदामा बसेर उनले विभिन्न शक्तिकेन्द्रमार्फत् आफूमाथिको कारबाही रोकाउन व्यापक चलखेल गरिरहेको स्रोतको दाबी रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित गरिएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन