
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ ।
राजविराज, ९ भदौं । प्रहरी हिरासतमा रहेकी महिलालाई बलात्कार गर्ने डीएसपी दीपक राई विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा यसको चौतर्फी रुपमा विरोध भईरहेको छ । थुनुवा महिलालाई बलात्कार गरेको घटना पाँच महिनापछि सार्वजनिक भएको हो ।
कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेकी एक महिलामाथि मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर प्रहरी कार्यालयभित्रै सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक राईले जबर्जस्ती करणी गरेको घटना प्रहरीले नै लुकाएको तथ्य सार्वजनिक भएको हो ।
२०७९ कात्तिक ६ मा पतिको हत्या आरोपमा प्रहरीले ती महिलासहित तीन जनालाई गत चैत ४ मा पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि चैत ६ गते राति इलाका प्रहरीका डीएसपी राईले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको ती महिलाको आरोप लगाएकी छिन् ।
वैशाख ११ मा प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएकी उनले आफू बिरामी भएको बताएपछि भोलिपल्टै १२ गते उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उनले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयान लेखाएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर
हिंसामा परेका पीडितको उद्धार, उपचार, मनोपरामर्श र कानुनी उपचारको पहल गर्नका लागि अस्पतालभित्र स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा ती महिलाले आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयानसमेत लेखाएकी थिइन् ।
केन्द्रकी स्रोत व्यक्ति मनीषा सिम्खडाले रजिस्टरमा ती महिलाको बयान लेखेकी थिइन् । तर त्यसबारे केन्द्रले प्रहरीमा केही जानकारी उपलब्ध गराएन । स्रोत व्यक्ति सिम्खडाले महिलाले हिरासतमा बलात्कार भएको बताएको सञ्चारमाध्यमसँगको कुराकानीमा स्विकार गरेकी छिन् ।
उनले सञ्चारमाध्यमहरुमा भनेकी छिन्–‘मैले उपचारका लागि लिएर आएका प्रहरीलाई त यसबारे बताए तर उच्च प्रहरी अधिकृतसम्म कुरा लग्न सकिन । त्यो कमजोरी भयो ।’ पीडित महिलाको बिरामी पुर्जामा पेट दुखेको र अढाई महिनादेखि महिनावारी नभएको उल्लेख छ ।
पीडितका अनुसार थुनामा रहेका बेला चैत ६ गते राति १२ बजे हाकिम साहेबले बोलाउनुभएको छ भन्दै एक प्रहरीले उनलाई डीएसपीको कोठामा लगेका थिए । सप्तरी जिल्ला कारागारमा रहेकी ती महिलाले आफूलाई कुटपिट गरी निर्वस्त्र पारेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । उनका अनुसार यस्तो क्रम दोस्रो पटक पनि भएको थियो । डीएसपी राईले मुद्दाबाट मुक्त गराएर जागिरसमेत लगाइदिने प्रलोभन दिएको उनले बताइन् ।
‘करणीपश्चात् यो कुरा बाहिर ल्याए २० वर्षसम्म जेलमा सडाइदिने धम्की दिने र नभने मुद्दाबाट मुक्त गराई जागिरसमेत लगाइदिने प्रलोभन दियो,’ सप्तरी कारागारमा रहेकी उनले एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनिन्, ‘प्रहरी कार्यालयमा मेरो अस्मिता लुटिँदा पनि कसैलाई भन्ने अवस्था थिएन । उक्त घटनापछि म मानसिक तनावमा छु ।’
घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ ।
घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक राईले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरिरहेका छन् ।
अहिले तालिममा रहेको बताउँदै उनले एक सञ्चारमाध्यमसँगको प्रश्नमा भने, ‘हामी आफैं कानुन कार्यान्वयन गर्ने मान्छे, कहाँ त्यस्तो गर्न मिल्छ ?’ सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले उजुरी आएको स्विकार्दै आन्तरिक रूपमा छानबिन भइरहेको र त्यसपछि मात्र दर्ताका विषयमा केही हुने बताए । तर एसपी कार्की आन्तरिक छानबिनका वाहनामा हिरासतमैं थुनुवा महिलालाई डीएसपीले बलात्कार गरेको घटनामा संवेदनशिल भने देखिएका छैनन् । प्रहरी नैं यो घटनामा बलात्कारको आरोप लागेका डीएसपीलाई जोगाउन र प्रमाणहरु नष्ट गर्न लागिपरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन