
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा आउने निश्चित छ ।
पोखरा, ७ भदौं । सुन तस्करसँग रकम लेनदेन र सूचना आदान–प्रदानको आरोपमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाइएको छ । अध्यागमनबाट हटाउँदैं महानिर्देशक अधिकारीलाई अनुसन्धानका लागि गृह मन्त्रालयमा तानिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको सम्बन्ध देखिएको हो । चिनियाँ सामाजिक सञ्जाल वी–च्याटमा संवाद गरेको स्कीनसर्टहरु विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि उनलाई मन्त्रालयको जगेडामा राखिएको हो ।
२०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक रहेका अधिकारी आर्थिक अनियमिततामा विवादमा आईरहने पात्र हुन् । यतिबेला भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका सुन तस्कर नाइके दावा छिरिङ बीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनको प्रमाण फेला परेको हो ।

सुन तस्करीका सरकारी माफिया झलकराम अधिकारी
गृहमन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र सुन तस्कर नाइके दावा बिच शुरुमा पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदान हुँदै दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुरा भएको तथ्य प्रमाणसहित सञ्चारमाध्यममा बाहिरिएको थियो ।
तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृहमन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु नैं बताउँछन् । १४ साउनमा ठमेलको भियाना होटलबाट दावा छिरिङ पक्राउ परेसँगैं अनुसन्धानका क्रममा महानिर्देशक अधिकारीको पनि संलग्नता रहेको पर्दाफास भएको हो ।
‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ति सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतलाई हवाला दिदैं सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको छ, ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदैछ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।
सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गर्दथे । त्यसैको आधारमा अधिकारीले दावासँग मोटो रकम बुझने गरेको आरोप लागेको छ । अहिले भेटिएको प्रमाण टोखाको फ्याक्ट्रीमा बरामद भएको सुन झिकिएको मोटर, मिक्चर लगायतका विद्युतीय उपकरणसँग मिल्दोजुल्दो देखिए पछि अनुसन्धानको घेरामा महानिर्देशक अधिकारी फसेका हुन् ।
महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेका छन् । दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् । जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् ।
महानिर्देशक अधिकारी एमाले समर्थक भएपनि यिनी पैसाका लागि जेजस्तो हर्कत गर्न पछि नपर्ने स्वभावका हुँदा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुँ भनेर आफूलाई चिनाउने गर्दथे । महानिर्देशक अधिकारीको तस्करसँगको सम्बन्ध सार्वजनिक भए लगत्तै यो गिरोहका अन्य सदस्यहरु पनि तर्सिएका छन् । अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा आउने निश्चित छ ।