
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा आउने निश्चित छ ।
पोखरा, ७ भदौं । सुन तस्करसँग रकम लेनदेन र सूचना आदान–प्रदानको आरोपमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाइएको छ । अध्यागमनबाट हटाउँदैं महानिर्देशक अधिकारीलाई अनुसन्धानका लागि गृह मन्त्रालयमा तानिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको सम्बन्ध देखिएको हो । चिनियाँ सामाजिक सञ्जाल वी–च्याटमा संवाद गरेको स्कीनसर्टहरु विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि उनलाई मन्त्रालयको जगेडामा राखिएको हो ।
२०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक रहेका अधिकारी आर्थिक अनियमिततामा विवादमा आईरहने पात्र हुन् । यतिबेला भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका सुन तस्कर नाइके दावा छिरिङ बीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनको प्रमाण फेला परेको हो ।

सुन तस्करीका सरकारी माफिया झलकराम अधिकारी
गृहमन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र सुन तस्कर नाइके दावा बिच शुरुमा पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदान हुँदै दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुरा भएको तथ्य प्रमाणसहित सञ्चारमाध्यममा बाहिरिएको थियो ।
तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृहमन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु नैं बताउँछन् । १४ साउनमा ठमेलको भियाना होटलबाट दावा छिरिङ पक्राउ परेसँगैं अनुसन्धानका क्रममा महानिर्देशक अधिकारीको पनि संलग्नता रहेको पर्दाफास भएको हो ।
‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ति सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतलाई हवाला दिदैं सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको छ, ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदैछ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।
सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गर्दथे । त्यसैको आधारमा अधिकारीले दावासँग मोटो रकम बुझने गरेको आरोप लागेको छ । अहिले भेटिएको प्रमाण टोखाको फ्याक्ट्रीमा बरामद भएको सुन झिकिएको मोटर, मिक्चर लगायतका विद्युतीय उपकरणसँग मिल्दोजुल्दो देखिए पछि अनुसन्धानको घेरामा महानिर्देशक अधिकारी फसेका हुन् ।
महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेका छन् । दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् । जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् ।
महानिर्देशक अधिकारी एमाले समर्थक भएपनि यिनी पैसाका लागि जेजस्तो हर्कत गर्न पछि नपर्ने स्वभावका हुँदा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुँ भनेर आफूलाई चिनाउने गर्दथे । महानिर्देशक अधिकारीको तस्करसँगको सम्बन्ध सार्वजनिक भए लगत्तै यो गिरोहका अन्य सदस्यहरु पनि तर्सिएका छन् । अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा आउने निश्चित छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश