
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
तत्कालिन कार्यालय प्रमुख दास घटना भएकैं दिनदेखि मोवाईल स्वीचअफ गरेर सम्पर्क विहिन छन् भने व्यापारी जम्मरकट्टेल प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका छन् ।
पोखरा, ४ भदौं । डिजेल चोरी काण्डमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालिन डिपो प्रमुख चितरञ्जन दास र पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जम्मरकट्टेल लगायत ४ जना विरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघाट (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय हंसपुरका डिएसपी प्रकाश दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशन अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाईएको हो । डिएसपी दाहालका अनुसार साउनको २९ गते नै जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै दोषी देखिएका चारैजनालाई पक्राउ गरी थप अनुसन्धान गर्न अदालतबाट अनुमति समेत लिईसकिएको छ ।
डिजेल चोरीमा संलग्न बाबुराम लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भईसकेका व्यक्ति हुन् । लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत रहेका व्यापारी जम्मरकट्टेल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
प्रहरीले मुद्दा दर्ता गरे पनि न त कार्यालय प्रमुख दासलाई पक्राउ गर्न सकेको छ, न त व्यापारी जम्मरकट्टेललाई । ट्यांकर चालक निर्मल थापा र गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगानालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिरहेको छ । तत्कालिन कार्यालय प्रमुख दास घटना भएकैं दिनदेखि मोवाईल स्वीचअफ गरेर सम्पर्क विहिन छन् भने व्यापारी जम्मरकट्टेल प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका छन् ।
तत्कालिन कार्यालय प्रमुख दास र पेट्रोल पम्प सञ्चालक जम्मरकट्टेलको मिलेमतोमा ३ हजार भन्दा बढी डिजेल अपचलन गरिएको तथ्य प्रशासनको टोलीले सप्रमाण फेला पारेको थियो ।
जिल्ला प्रशासनको टोलीले गोप्य सूचनाका आधारमा यहीं साउन २५ गते बिहीबार दिउँसो २ बजेर ५४ मिनेट जाँदा डिजेल भरेर ग२ख ८३६ नम्बरको ट्यांकर निस्किएदेखि नैं पिछा गरिरहेको थियो । पोखरा महानगरपालिका वडा नं. २७ स्थित पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पमा डिजेल खन्याउन जाने बेलामा दिउँसो ३ बजेर १५ मिनेट जाँदा टोलीले तालचोक नजिकबाट ट्यांकरलाई नियन्त्रणमा लिएर नजिकैको डाँडाको नाक प्रहरी चौकीमा लगेको थियो ।
ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटरको पैसा लिएर १५ हजार एक सय नौ लिटर डिजेल पठाएको अवस्थामा टोलीले ट्यांकरसहित चालकलाई पक्राउ गरेको थियो । तत्कालिन कार्यालय प्रमुख दास र पेट्रोल पम्प सञ्चालक जम्मरकट्टेलको मिलेमतोमा ३ हजार भन्दा बढी डिजेल अपचलन गरिएको तथ्य प्रशासनको टोलीले सप्रमाण फेला पारेको थियो ।
तत्कालिन कार्यालय प्रमुख दास र व्यापारी जम्मरकट्टेलसहित इन्धन चोरीमा संलग्नलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा सिफारिस गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कार्यालय प्रमुख दास कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी भएकोमा यस घटनामा अख्तियार दुरुपयोग भएको देखिएको हुँदा थप अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाईएको जानकारी दिएका थिए ।
निगमले गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालिन डिपो प्रमुख दासलाई साउन २६ गते नैं निलम्बन गरेर उनको स्थानमा अभिषेक ठाकुरलाई पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘डिजेल चोरीको विषयमा अख्तियार प्रमुखलाई सम्पूर्ण जानकारी गराईएको छ । गगनगौंडा डिपोमा कार्यालय प्रमुख कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी र हिनामिना धेरै परिमाणमा भएको हुन सक्ने स्थिति देखिएपछि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेका हौं ।’
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालय पोखराका प्रमुख बद्रीकुमार कार्कीले प्रारम्भिक रूपमा घटना हेर्दा भ्रष्टाचार निवारण ऐनसँगै अख्तियार दुरुपयोग ऐनसँग सम्बन्धित देखिएकोले घटनाको छानबिनका लागि आवश्यक प्रक्रिया शुरु भईसकेको जानकारी दिए ।
यता, आयल निगमका प्रवक्ता मनोज ठाकुरले आरोपित दास साउन २५ गते साँझदेखि कार्यालयको सम्पर्कमा समेत नरहेको जानकारी दिएका छन् । तत्कालिन कार्यालय प्रमुख दासलाई साउन २६ गते नैं निलम्बन गरेर उनको स्थानमा अभिषेक ठाकुरलाई पठाई सकिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
डिजेल चोरीमा संलग्न पेट्रोल पम्प सञ्चालक बाबुराम जम्मरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भईसकेका व्यक्ति हुन् । लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत रहेका व्यापारी जम्मरकट्टेल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । प्रहरी चौंकीमा ट्यांकर मालिक जम्मरकट्टेल साउन २५ गते पुगे पनि भोलिपल्ट देखि नैं प्रहरीले पक्राउ गर्ने डरले लुक्दैं आईरहेका थिए । पछि पक्राउ पुर्जी जारी भएको थाहा भएपछि व्यापारी जम्मरकट्टेल फरार भएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन