
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको २ करोडको गाडी उपहार दिएको रहस्य खुलेको थियो ।
काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छिट्टैं अनुसन्धान शुरु गर्ने बताएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छानबिन हुने बताएका हुन् ।

काठमाडौंमा रहेका विभिन्न पत्रपत्रिका, अनलाईन र संगठनमा क्रियाशिल भएर काम गर्दै आएका सम्पादक, पत्रकार र कार्यकर्तासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
आज विभिन्न पत्रपत्रिका तथा अनलाइनका सम्पादकहरुसँग काठमाडौंमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने–‘ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुनेछ ।’
यस काण्डमा अन्नपूर्ण पोस्ट तथा एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाको पनि सोे जग्गामा साझेदारी रहेको पाइएको र सेटिङ मिलाउने काममा उनको पनि भूमिका रहेको चर्चा चल्दै आईरहेको छ ।
केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दी भन्दा बढीको ३ सय ४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गराएको थियो ।
ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्रयाकमा असार २४ गते मन्त्रिपरिषदको बैठक बसेर गिरीबन्धु इस्टेटको जग्गा कौडीको भाउमा बेचविखन गरेर नजिकैको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको २ करोडको गाडी उपहार दिएको रहस्य खुलेको थियो ।
त्यसैगरी ओली सरकारलाई १ अर्बभन्दा बढी रकम ऐन संशोधन गरेवापत भूमाफियाहरुले दिएको आरोप लाग्दैं आईरहेको छ । झापाबाट पैसा उठाउने र केपी ओलीलाई सेटिङ मिलाउने जिम्मा ओली निकटका गोविन्द थापाले गरेको आरोप लाग्दैं आईरहेको छ । ओली निकटका थापा यस अघि राज्यलक्ष्मी गोल्छाबाट चन्दाका नाममा लाखौं रुपैयाँ उठाएको मामिलामा विवादमा आएका थिए ।
यस काण्डमा अन्नपूर्ण पोस्ट तथा एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाको पनि सोे जग्गामा साझेदारी रहेको पाइएको र सेटिङ मिलाउने काममा उनको पनि भूमिका रहेको चर्चा चल्दै आईरहेको छ । गिरीबन्धु टिस्टेटको जग्गा हत्याउन कागजात मिलाउने लगायत काम नामुद जग्गा दलाल तारा सापकोटाले गरेको चर्चा चलेको थियो ।