
१सहकारी क्षेत्रमा आमूल परिवर्तन
२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
३‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
४‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
५नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
६स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
७जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
८हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
९८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
पोखरा, २५ साउन । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमतोमा हुने अवैध धन्दा पर्दाफास भएको छ । ट्यांकरहरुमा तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ पठाउने र व्यापारीसँग सिधै पैसा असुल्ने धन्दाको पर्दाफास गर्न जिल्ला प्रशासन कार्यालय कास्की सफल भएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले आज यो धन्दाको पर्दाफास गर्दै तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ बोकेर आईरहेको ग २ ख ८३६ नम्बरको टयांकर र त्यसका चालकलाई पक्राउ गर्न सफल भएको हो । यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले केही पनि सूचना दिन नमिल्ने बताएको छ । अनुसन्धान कैं क्रममा रहेकोले यस विषयमा केही पनि बताउन नमिल्ने प्रशासनको भनाई छ ।

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखरा
निगमको स्रोतका अनुसार निगमका कार्यालय प्रमुख, केही कर्मचारी र व्यापारीको मिलेमतोमा वर्षौंदेखि यो भन्दा सञ्चालन हुँदैं आईरहेको थियो । यस धन्दामा संलग्न व्यापारीहरुले खरिद गर्ने मूल्यभन्दा केही कम रकममा सम्झौंता गर्ने र त्यो रकम कार्यालय प्रमुख र कर्मचारीहरु अनि व्यापारीहरु मिलेर बाँडफाँड गरेर लिने गरेको निगम कैं एक कर्मचारीले बताए ।
एकातर्फ, पेट्रोलियम पदार्थको परिमाणमा चुहावट भएको भन्दैं केही वर्ष अघि नेपाल आयल निगम गगनगौंडा डिपो पोखराले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरहरुमा लकिङ सिस्टम (टयांकरमा ताला) लगाउन सुरु गरेको थियो । तर आज डिपो कैं संलग्नतामा पेट्रोलियम पदार्थको चुहावट हुने र व्यापारीसँग लाखौं रुपैयाँ असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।
निगमका एक कर्मचारीले डन न्यूजलाई भने–‘यहाँबाट १० हजार लिटर पेट्रोलियम पदार्थको पैसा तिरिन्छ र भरिन्छ । तर कार्यालय प्रमुख र कर्मचारीको मिलेमतोमा ट्यांकरमा १३ हजार पेट्रोलियम पदार्थ हालिन्छ । त्यो बाँकी ३ हजार पेट्रोलियम पदार्थको पैसा व्यापारीसँग छुट्टैं लिएर गिरोहले तह अनुसार बाँडेर खाने गर्दछन् ।’
राज्यको सम्पत्तिमाथिको यो ब्रह्मलुटमा संलग्न निगमका कार्यालय प्रमुख, कर्मचारी र व्यापारीलाई हदैंसम्मको कारवाही गर्नुपर्ने निगमका केही कर्मचारीहरु नैं बताउँछन् । ‘प्रहरी प्रशासनले यस घटनामा दोषीलाई बचाउने काम नगरोस्’, ती कर्मचारीहरुले भने–‘यो धन्दामा डिपोका कार्यालय प्रमुख र केही कर्मचारीहरु, कालोबजारी गर्ने पेट्रोलियम व्यापारीहरु, पोखराका गुन्डादेखि तस्करहरुको संलग्नता छ, घटना मिलाउन आर्थिकदेखि अनेक चलखेल हुन सक्छ । प्रशासनले खुट्टा नकमाओस् र दोषीलाई कारवाही गरोस् ।’

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखरा
अर्का एक निगमका कर्मचारीले आशंका व्यक्त गर्दै डन न्यूजसँग भने–‘प्रशासनले यो धन्दामा संलग्न भएको पेट्रोलियम पदार्थ बोकेको टयांकर त पक्राउ गर्न सफल भयो, तर प्रहरीकोमा राख्दा विशेष ध्यान दिनु पर्नेछ । मिलेमतोमा रातभरमा जे पनि हुन सक्छ । यसतर्फ प्रशासन सचेत बनोस् र त्यहाँको सिसिक्यामेराको समेत निगरानी गरोस् ।’
आज पक्राउ गरिएको ट्यांकरले कुन पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ लैजाँदैं थियो, त्यस पेट्रोल पम्प सञ्चालकको नाम, ठेगाना र चालकको बयान लगायतका विषयमा अनुसन्धान कैं क्रममा रहेको भन्दैं सूचनाहरु दिन प्रशासनले नमाने पनि थप विवरण छिट्टैं सार्वजनिक होला नैं । तर आर्थिक चलखेल गरी यो गिरोहमा संलग्नहरुलाई प्रशासनले बचाउने काम भने नगरोस् ।
पोखराका केही पेट्रोल पम्प सञ्चालकहरुको मिलेमतोमा हुने यो धन्दा बाहेक टोले गुन्डाहरुसँगको सेटिङमा बर्षौंदेखि चल्दैं आईरहेको मिटरव्याजको कालोधन्दामा पनि पेट्रोल पम्प सञ्चालकहरुमाथि जिल्ला प्रशासन कार्यालय कास्कीले थप अनुसन्धान र खोजी गर्न आवश्यक रहेको पीडितहरुको भनाई छ । जसका लागि पोखराका सब्जीमन्डीदेखि इण्डियन व्यापारीहरुसँग प्रशासनले सोधपुछ गर्ने हो भने डरलाग्दो सञ्जालको पर्दाफास हुने निश्चित छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म