News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

क्यानोनिङ गर्ने क्रममा बुढिबजारकी अन्जिता भण्डारीको मृत्यु

पोखरा, ११ साउन । क्यानोनिङ गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा हिजो दिउँसो ३ बजेर ५० मिनेट जाँदा पोखरा–२६ बुढिबजार बस्ने २२ बर्षीय अन्जिता भण्डारी अचानक लडेकी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

झरनाबाट झर्ने क्रममा अचानक लड्न जाँदा घाईते भएकी अन्जिताको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पु¥याईएकोमा डाक्टरले चेकजाँच गर्दा दिउँसो ४ बजेर ५० मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।