
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, १८ असार । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमिल्सिनाले मातहतकैं महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको विषयमा छानबिन शुरु भएको छ । आफू असुरक्षित भएको भन्दैं ती महिला प्रहरीले कारवाहीका लागि इन्सपेक्टर तिमिल्सिनाले पठाएका म्यासेजहरु ट्वीटरमार्फत् सार्वजनिक गर्दै कारवाहीको लागि विभिन्न निकायहरुमार्फत् दवाव सिर्जना गरेकी थिईन् ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले घटना थाहा पाउने वित्तिकै तत्कालै इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । एसपी केसीले भने–‘छानबिन समितिले अनुसन्धान शुरु गरिसकेको छ । थप अनुसन्धानका लागि साईबर ब्यूरोको सहयोग र ल्याबबाट समेत परिक्षण गर्दैछौं ।’
‘अब बोल्ने’ नामको ट्वीटर ह्याण्डल मार्फत् इन्स्टाग्राममा इन्सपेक्टर र ती महिला प्रहरी बिच भएका संवादहरुको स्क्रिन सर्टहरु सार्वजनिक गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय, अनलाइन खबर, कान्तिपुर दैनिक र पहिलोपोष्ट र सेतोपाटीलाई समेत उल्लेख गर्दै सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका स्टाटस समेत लेखिएको छ ।

‘अब बोल्ने’ नामको ट्वीटर ह्याण्डल मार्फत् इन्स्टाग्राममा इन्सपेक्टर र ती महिला प्रहरी बिच भएका संवादहरुको स्क्रिन सर्टहरु सार्वजनिक गरिएको थियो ।
स्क्रिनसटमा उल्लेख भएअनुसार इन्सपेक्टर तिमिल्सिनाले राति ११ बजे फोटो पठाउन भनेका छन् । तिमिल्सिनाले ती महिला प्रहरीको शरीरको फ्यान भएको, नङ्ग्न फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज स्क्रिनसटमा उल्लेख छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ इन्सपेक्टर सुवासले भनेका छन् । महिलाले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा महिलाले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिमिल्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ । तिमिल्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् ।
यता, इन्सपेक्टर तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिदैं उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको दावी गरेका छन् । ‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश