
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
काठमाडौँ, १४ असार । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् ।
सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।
पर्यटक आगमनमा उल्लेख्य सुधार भई सन् २०२३ जनवरीदेखि हालसम्म गत वर्षको सोही अवधिको तुलनामा दोब्बर सङ्ख्यामा पर्यटककको आगमन वृद्धि भई चार लाख ४६ हजार नौ सय ८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्ष सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा एक लाख ५१ हजार र सन् २०२० मा दुई लाख ३० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भई सञ्चालनमा रहेको छ । विसं २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थलको उद्घाटन गर्नुभएको थियो ।
राष्ट्रिय गौरवको अर्को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको छ । नेपाल वायुसेवा निगमले जेठ ३० गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर–भैरहवा उडान सुरु गरेको थियो । यसअघि कुवेतको जजीरा एयरले उडान गरिरहे पनि पछिल्लो समय प्राविधिक कारण जनाउँदै उडान स्थगित गरेको छ ।
भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यका लागि शिलान्यास भएको छ । विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्यको शिलान्यास भइसकेको छ ।
त्यसैगरी, नेपाल वायुसेवा निगमको आन्तरिक उडान विस्तार गर्दै काठमाडौँ–इलाम–काठमाडौँ नियमित साप्ताहिक उडान प्रारम्भ गरिएको छ । निगमका जहाजहरूको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
हवाई दुर्घटना हुन नदिन सबै आन्तरिक वायु सेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
चीन सरकारले कोभिड–१९ पछि नेपाललाई समेत समूह पर्यटक गन्तव्यको रूपमा खुला गरेको छ । यही असार ६ गते चीनको सिचुवान एयरले पोखरा क्षेत्रीय विमानस्थलमा पहिलोपटक सिधै चार्टर उडान सञ्चालन गरेको छ ।
जुगल हिमशृङ्खलामा पर्ने छ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो थप आरोहण खुला गरेका हिमालसहित कूल चार सय १९ वटा हिमाल आरोहणका लागि खुला भएका छन् ।
पर्यटन मन्त्रालय र मातहतका निकाय, विमानस्थल, सांस्कृतिक, धार्मिक, पर्यटकीयस्थलको सरसफाइसम्बन्धी निर्देशिका स्वीकृत गरी सरसफाइ कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ ।
पर्यटनमन्त्रीको संयोजकत्वमा बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको, सोको निरन्तरताको रूपमा बौद्धनाथ क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरिएको तथा स्वयम्भू क्षेत्रमा साप्ताहिक सरसफाइ कार्य भइरहेको छ ।
पशुपति हिन्दू विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययन भई विश्वविद्यालय स्थापना तयारीका लागि कार्यदल गठन भई काम भइरहेको तथा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भई विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको प्रगति विवरणमा जनाइएको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ