
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, ३ असार । सार्वजनिक जमिन अतिक्रमण गर्दै आमा समूहका नाममा भवन बनाउने कार्य नरोके पछि पोखरा महानगरपालिकाले निर्माण सामाग्री नै आज जफत गरेको छ । नगर प्रहरीले पोखरा वडा नं. ७ मा रहेको मासबार आमा समूहको भवन निर्माण भईरहेको ठाउँमा पुगेर आज दिउँसो १२ बजेतिर ती सामानहरु जफत गरेको हो ।
मासबार आमा समूहले पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाएर भाडामा लगाउने र रकम असुल्ने गरेपछि स्थानीयहरुले यसको विरोध गर्दै आईरहेका थिए । समूहलाई पुग्ने दुईतले भवन हुँदा हुँदै थप भवन निर्माण गर्न थालेपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।
राजनीतिक पहुँच र अटेरी स्वभावका कारण मासबार आमा समूहले गर्दै आईरहेको ज्यादती यसपटक रोकिएको छ । ७ नंं. वडा कार्यालयबाट काम नगर्न निर्देशन जारी भएपनि विहानै र राती कार्यालय समय बन्द भएपछि धमाधम भवन निर्माण कार्य गरिरहेको आमा समूहले कानुनको ठाडै धज्जी उडाई रहेको छ ।
स्थानीयको विरोधलाई वेवास्ता गर्दै अघि बढिरहेको यस आमा समूहले वडा कार्यालयदेखि पोखरा महानगरपालिकासम्मको निर्देशनलाई पनि वेवास्ता गरेपछि आज नगरप्रहरीले ती निर्माण सामाग्रीहरु लगेको हो । निर्माण कार्य सम्बन्धमा मासबार आमा समूहका अध्यक्ष टिकादेवी अधिकारीसँग प्रश्न गर्दा महानगरपालिकाबाट स्वीकृति लिएर बनाएको दावी गरेकी थिइन् ।

तर वडा कार्यालय ७ का वडाध्यक्ष राममोहन आचार्यले आमा समूहसँग भएका सम्पूर्ण कागजपत्रसहित वडामा उपस्थित हुन आदेश दिएपछि त्यहाँ पुगेका आमा समूहले घण्टौंसम्म वार्ता गरे पनि कुनै पनि कागजपत्र र प्रमाणहरु देखाउन सकेनन् ।
पुरानो दुईतले भवनसँगै जोडेर पुनः दुई कोठे पक्की भवन बनाउन लागेको समूहले कुनै पनि कागजपत्र देखाउन नसकेपछि वडा कार्यालयले असार २ गते नै पोखरा महानगरपालिकालाई पत्राचार गर्दै (दर्ता नं. ३११७) सार्वजनिक जमिनमा भवन बनाउन लागेको कार्य रोक्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको थियो ।
तर आमा समूहले विहानै ५ बजेदेखि राती अबेरसम्म अटेर गर्दै भवन निर्माण कार्य भने अघि बढाईरहेको थियो । कानुन तः सार्वजनिक जमिनमा भौतिक संरचनाहरु निर्माण गर्न नपाईने भएपनि राजनीतिक पहुँचको आडमा कानुनको धज्जी उडाईरहेको यस आमा समूहलाई पोखरा महानगरपालिकाले थप कस्तो कारवाही गर्छ भन्ने कुरा प्रतिक्षा कैं विषय बनेको छ ।
दलगत स्वार्थलाई केन्द्रमा राखी सामाजिक न्याय र सद्भाव खलबलाउनेदेखि उल्टै राज्यको प्रचलित कानुनको नै धज्जी उडाउनेसम्मको हर्कत गर्न पछि नपर्ने यस्ता दलगत रुपमा सञ्चालित महिला समूहहरुको ज्यादतीको अन्त्य हुनुपर्ने माग स्थानीयले गर्दै आईरहेका छन् । यस विषयमा सामाजिक सञ्जालहरुमा पनि आमा समूहको आवरणमा सुनियोजित ढंगले पार्टीको योजनामा परिचालित हुने यस्ता महिला समूहको गलत कार्यको व्यापक विरोध र टिकाटिप्पणीहरु भएका छन् ।

अटेरी आमा समूह : मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारीसहित समूहका सदस्यहरु । सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउँदै गरेको स्थानमा । यसरी आमा समूहका अध्यक्ष र अन्य सदस्यहरुले धर्ना दिएर काम गराई रहेका थिए । तस्विर: डन न्यूज
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह