
१२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
३कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
४उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
५अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
६५३ मृतकका परिवारलाई ८ करोड राहत
७मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
८प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
९निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
१०चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
११निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
१२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
पोखरा, ३ असार । सार्वजनिक जमिन अतिक्रमण गर्दै आमा समूहका नाममा भवन बनाउने कार्य नरोके पछि पोखरा महानगरपालिकाले निर्माण सामाग्री नै आज जफत गरेको छ । नगर प्रहरीले पोखरा वडा नं. ७ मा रहेको मासबार आमा समूहको भवन निर्माण भईरहेको ठाउँमा पुगेर आज दिउँसो १२ बजेतिर ती सामानहरु जफत गरेको हो ।
मासबार आमा समूहले पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाएर भाडामा लगाउने र रकम असुल्ने गरेपछि स्थानीयहरुले यसको विरोध गर्दै आईरहेका थिए । समूहलाई पुग्ने दुईतले भवन हुँदा हुँदै थप भवन निर्माण गर्न थालेपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।
राजनीतिक पहुँच र अटेरी स्वभावका कारण मासबार आमा समूहले गर्दै आईरहेको ज्यादती यसपटक रोकिएको छ । ७ नंं. वडा कार्यालयबाट काम नगर्न निर्देशन जारी भएपनि विहानै र राती कार्यालय समय बन्द भएपछि धमाधम भवन निर्माण कार्य गरिरहेको आमा समूहले कानुनको ठाडै धज्जी उडाई रहेको छ ।
स्थानीयको विरोधलाई वेवास्ता गर्दै अघि बढिरहेको यस आमा समूहले वडा कार्यालयदेखि पोखरा महानगरपालिकासम्मको निर्देशनलाई पनि वेवास्ता गरेपछि आज नगरप्रहरीले ती निर्माण सामाग्रीहरु लगेको हो । निर्माण कार्य सम्बन्धमा मासबार आमा समूहका अध्यक्ष टिकादेवी अधिकारीसँग प्रश्न गर्दा महानगरपालिकाबाट स्वीकृति लिएर बनाएको दावी गरेकी थिइन् ।

तर वडा कार्यालय ७ का वडाध्यक्ष राममोहन आचार्यले आमा समूहसँग भएका सम्पूर्ण कागजपत्रसहित वडामा उपस्थित हुन आदेश दिएपछि त्यहाँ पुगेका आमा समूहले घण्टौंसम्म वार्ता गरे पनि कुनै पनि कागजपत्र र प्रमाणहरु देखाउन सकेनन् ।
पुरानो दुईतले भवनसँगै जोडेर पुनः दुई कोठे पक्की भवन बनाउन लागेको समूहले कुनै पनि कागजपत्र देखाउन नसकेपछि वडा कार्यालयले असार २ गते नै पोखरा महानगरपालिकालाई पत्राचार गर्दै (दर्ता नं. ३११७) सार्वजनिक जमिनमा भवन बनाउन लागेको कार्य रोक्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको थियो ।
तर आमा समूहले विहानै ५ बजेदेखि राती अबेरसम्म अटेर गर्दै भवन निर्माण कार्य भने अघि बढाईरहेको थियो । कानुन तः सार्वजनिक जमिनमा भौतिक संरचनाहरु निर्माण गर्न नपाईने भएपनि राजनीतिक पहुँचको आडमा कानुनको धज्जी उडाईरहेको यस आमा समूहलाई पोखरा महानगरपालिकाले थप कस्तो कारवाही गर्छ भन्ने कुरा प्रतिक्षा कैं विषय बनेको छ ।
दलगत स्वार्थलाई केन्द्रमा राखी सामाजिक न्याय र सद्भाव खलबलाउनेदेखि उल्टै राज्यको प्रचलित कानुनको नै धज्जी उडाउनेसम्मको हर्कत गर्न पछि नपर्ने यस्ता दलगत रुपमा सञ्चालित महिला समूहहरुको ज्यादतीको अन्त्य हुनुपर्ने माग स्थानीयले गर्दै आईरहेका छन् । यस विषयमा सामाजिक सञ्जालहरुमा पनि आमा समूहको आवरणमा सुनियोजित ढंगले पार्टीको योजनामा परिचालित हुने यस्ता महिला समूहको गलत कार्यको व्यापक विरोध र टिकाटिप्पणीहरु भएका छन् ।

अटेरी आमा समूह : मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारीसहित समूहका सदस्यहरु । सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउँदै गरेको स्थानमा । यसरी आमा समूहका अध्यक्ष र अन्य सदस्यहरुले धर्ना दिएर काम गराई रहेका थिए । तस्विर: डन न्यूज
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी