
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् ।
पोखरा, ४ चैत । सवारी चालक अनुमति पत्रका लागि लिईएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
१६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्दै गरी घुस लिएर लाइसेन्स दिएको आरोपमा नौंजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । कार्यालयका प्रमुख गोकुल शर्मा पौडेलले पोखराबाट २०७४ मंसिर, २०७६ कात्तिक र मंसिरमा सञ्चालन गरेको लाइसेन्स परीक्षामा फेल भएका व्यक्तिलाई पास बनाइदिएको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अख्तियारको आरोप छ ।
त्यसमा अनुसन्धान हुँदा पौडेल लगायतले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित परीक्षार्थीहरूलाई पास र पास भएकालाई फेल गरी प्रयोगात्मक परीक्षाको परिणाम पनि फेरबदल गरेको अख्तियारले जनाएको छ। पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् ।
अख्तियारले उनीसँगै तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरूद्ध मुद्दा दायर गरेको हो।
उनीहरूले १६६ जना परीक्षार्थीहरूको इलेक्ट्रोनिक लाइसेन्स भेहिकल रेजिस्टर सिस्टममा रिजल्ट अपडेट तथा रिजल्ट अप्रुभ गर्ने क्रममा पास गराइदिएको प्रवक्ता भण्डारीले बताए। यस्तै दुई जनाको प्रयोगात्मक परीक्षामा पास भएकाहरूलाई रिजल्ट अपडेट गर्दा फेल गराई जम्मा १६८ जनाको परीक्षा परिणाम फेलबदल गरेको देखिएको अख्तियारले जनाएको छ।
साथै, परिणाम फेरबदल गर्ने कर्मचारीहरूलाई पनि कुनै प्रकारको विभागीय कारबाही नगरेको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले अधिकतम सजाय दिन माग गरेको छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !