
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
काठमाडौं, २८ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध कारोबारीको जालो चिर्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेलको पनि संलग्नता भेटिएको हो । मोरङ दुलारी घर भएका सशस्त्र प्रहरी हवल्दार भुजेल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत छन् ।
लागुऔषध नियन्त्रण ब्युरोले ती ११ जनालाई विभिन्न मितिमा ३२२.६ ग्रामको ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन्। उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ। काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन्।
सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध कारोवारमा संलग्न
लागुऔषधको कारोबारमा जोडिएका सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताएका छन् ।
सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ।
प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताए। उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश