काठमाडौं, २२ फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।
आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका छन् ।
हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्। ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार भएका थिए ।