
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ५ फागुन । ठगी धन्दामा सक्रिय रहँदै आएका नेकपा एमालेका नेता तथा अधिवक्ता कमलप्रसाद अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट पनि हटाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कानुनी सल्लाहकार अर्याललाई पदमुक्त गरिएको जानकारी गराएका हुन् ।
मेयर जिसीले सामाजिक सञ्जालमा लेखेका छन् : ‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमलप्रसाद अर्यालको बारेमा आएका समाचारहरु प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्यतथ्य छानबिनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानविनमा असहज परिस्थिति सिर्जना नहोस् भन्नको लागि निज अर्याललाई कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ गरेको थियो । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकका रामबहादुर दमैसँग कानुन व्यवसायी अर्यालले झुक्याएर रकम असुलेका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडित दमैले सोमबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा वकिल अर्यालका विरुद्धमा ठगी मुद्दामा जाहेरी दिएका थिए । प्रहरीमा दिईएको जाहेरीमा वकिल अर्यालले ठगी गर्ने क्रममा फैसलाको छायाँ प्रति लिदाँ पनि दुईहजार भन्दा बढि रकम असुल्ने गरेको आरोप लगाएका छन् ।
कास्की प्रहरीले कानुन व्यवसायी अर्याललाई पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिदैं आज मंगलबार साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको थियो । गत असोज ७ गते कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । दमैको तर्फबाट बहस गरेका अर्यालले बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार रुपैयाँ लिएका थिए । मुद्दा जितेकोमा दमैलाई बधाई दिदैं ढाप मारेका वकिल अर्यालले फैसलाको छायाँकपि दिन पनि दमैका आफन्तसँग दुईहजार रुपैयाँ असुलेका थिए । तर अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको र वकिल अर्यालबाट आफू ठगिएको थाहा पाएपछि दमैले प्रहरीमा उजुरी गरेका हुन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन