
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ३ फागुन । ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई आज मंगलबार पक्राउ गरेको छ । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकका रामबहादुर दमैसँग कानुन व्यवसायी अर्यालले झुटो बोल्दै रकम असुलेका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडित दमैले सोमबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा वकिल अर्यालका विरुद्धमा ठगी मुद्दामा जाहेरी दिएका थिए । प्रहरीमा दिईएको जाहेरीमा वकिल अर्यालले ठगी गर्ने क्रममा फैसलाको छायाँ प्रति लिदाँ पनि दुईहजार भन्दा बढि रकम असुल्ने गरेको आरोप लागेको छ ।
कास्की प्रहरीले कानुन व्यवसायी अर्याललाई पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिदैं आज मंगलबार साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

नेकपा एमालेको राजनीतिक संरक्षण प्राप्त कानुन व्यवसायी कमलप्रसाद अर्याल यस्ता घटनाहरुमा पटक–पटक मुछिदैं र विवादित बन्दै आईरहेका पात्र हुन् ।
गत असोज ७ गते कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । दमैको तर्फबाट बहस गरेका अर्यालले बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार रुपैयाँ मागेका थिए । मुद्दा जितेकोमा दमैलाई बधाई दिदैं ढाप मारेका वकिल अर्यालले फैसलाको छायाँकपि दिन पनि दमैका आफन्तसँग दुईहजार रुपैयाँ असुलेका थिए । तर अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको र वकिल अर्यालबाट आफू ठगिएको थाहा पाएपछि दमैले प्रहरीमा उजुरी गरेका थिए ।
दमैका अनुसार त्यसबेला मुद्दा जितेको कागज माग्दा अर्यालले ३५ दिनपछि मात्रै पाइने भनेर झुलाएका थिए । त्यस अवधिपछि लकडाउनको हल्लाले दमैले अदालतको फैसला समेत हेर्न नै आएनन् । मंसिर अन्तिम साता फैसलाको कागज माग्दा अर्यालले ‘तपाइँ टाढाबाट किन दुख पाउनुहुन्छ, कोही आफन्त भए पठाइदिनू’ भनेका थिए ।
दमैले एकजना आफन्तलाई अर्यालसँग फैसलाको छायाँ प्रति लिन पठाउँदा २ हजार रुपैयाँ राजस्व लाग्ने भन्दै अर्यालले पैसा लिएका थिए । ‘बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार मागेपछि दिएँ’ दमैले भने, ‘अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको थाहा भयो। अनि ठगिएछु भनेर जाहेरी दिएको हुँ ।’
आफूले मुद्दा हारेको थाहा पाएपछि अर्यालसँग सम्पर्क गर्दा न्यायाधीशले टाउको हल्लाएकाले जितियो भनेर ठानेको र उच्च अदालतमा जान सकिने प्रतिक्रिया दिएको दमैले बताए । उनले अर्याललाई २३ हजार रुपैयाँ विभिन्न शुल्कवापत दिएको भए पनि जाहेरीमा भने २१ हजार मात्रै जनाएको बताए । अर्याललाई बुधबार जिल्ला अदालत कास्कीमा ठगी सम्बन्धी मुद्दामा म्याद थपको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
के थियो भैंसी धनी विवाद ?
रामबहादुर दमैले २०७६ जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पु¥याई । दाइ सुकबहादुरले व्यवसायिक गाइभैंसीपालन गरेकोले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए । घान्द्रुकका लेकमा चर्दाचर्दै सोही वर्षको फागुनमा दुवै पाडा हराए । २०७८ असारको अन्तिम साता उनले अन्नपूर्ण–८ दाङसिङको थमडाँडामा २ वटा नयाँ पाडा देखापरेको खबर पाए ।
बर्खा भएकोले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंछी फार्ममा २ पाडा भेटिए । उनले आफ्नो भैंसी भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के । त्यसको एक सातापछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना, दिनेश गुरुङलगायत रामबहादुरकहाँ पुगेर भैंसी आफ्नो भएकोले फिर्ता दिन भने ।
माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैयाँमा किनेको उनीहरूले बताएका थिए । घान्द्रुकस्थित प्रहरी चौकी र स्थानीय भद्रभलाद्मीसहित दुई पक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन । ढुंगानासहितको टोली गाउँपालिकाकै वीरेठाँटी चौकीमा पुग्दा प्रहरीले वडा प्रहरी कार्यालय बगर पोखरा जान भन्यो । कोरोना कहरका कारण बगरमा छलफल हुन नसकेपछि गाउँमै मिलाउन भन्दै फर्काइयो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ संयोजक रहेको न्यायिक समितिले भैसी ढुंगानाको रहेको निर्णय गरिदियो ।
न्यायिक समितिको निर्णय चित्त नबुझेपछि रामबहादुरले २०७७ असोज २१ मा उक्त निर्णय बदरको माग गर्दै कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । तर अदालतले पनि न्यायिक समितिकै निर्णयलाई सदर गरिदिएको थियो । (कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सहयोगमा)
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन