
१भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
२पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
३विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
४आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
५पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
६‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
७डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
१०सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
११प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
१२‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१०‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
काठमाडौं, २० माघ । प्रहरीले जति कडाई गरे पनि नेपालमा सुन तस्करी भने रोकिन सकेको छैन । नयाँ नयाँ तरिका अपनाउँदै तस्करहरुले सुनको अवैध ओसारपोसार गरिरहेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्।
दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको थियो। त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको कार्यालयले जनाएको छ।
परियार पनि दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका थिए। उनीबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।
यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७।५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको थियो । उनले सुनलाई अर्धठोस बनाएर तीन वटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो।
कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त