
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
विराटनगर, १९ माघ । सम्पत्ती हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा रहेको जग्गा हत्याउन आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेर सटुक्क जंगलमा लगेर जलाएको खुलेको हो । वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गराइसकेको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार तीन छोरामध्ये कान्छा छोरासँग बस्दै आएकी आमा जगमाया १२माघदेखी अचानक हराएकी थिइन् । परिवारले सुरुमा कोही आफन्तकोमा गएको ठानेपनि धेरै दिन नआउदा गाउँभरि हुलिया गरेर खोजी गर्न थालेका थिए ।वृद्धा हराएको केही दिनपछि गाउँलेहरुले गाउँसँगै रहेको जंगलको चिहानघारीमा मान्छे चलाएको आलो नलीखुट्टासहितको हाडहरु देखेपछि घरबाट हराएकी वृद्धा जगमाया नै हुनुपर्छ भन्ने शंका गरेर गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले हत्यापछी वृद्धालाई जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गर्दा उनकै छोराले हत्या गरको पृष्टि भएको थियो । प्रहरीका अनुसार १७ माघमा पक्राउ परेका छोरा कमलले आफ्नै आमाको हत्या गरेको स्विकार गरिसकेका छन् । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताए अनुसार बुबाको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गा आमा र दुई जना दाजुहरुलाई थाहा नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा भइरहने गर्दथ्यो ।
सुटुक्क आमाको नाममा रहेको जग्गा भाइले एकलौटी आफ्नो नाममा हडपेको थाहा पाएपछि आमा र दाजुहरुले अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए । अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कान्छा छोरा कमलले वृद्ध आमाको हत्या गरेर सुटुक्क चिहानघारीमा लगेर जलाएका थिए । -नयाँ पत्रिका
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण