
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
अमृत सुवेदी
पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार थापाले अघिल्लो साल निर्वाचन पूर्वाधार कार्यक्रमबाट २५ लाख रुपैयाँ हालेका थिए । अहिले पोखरा महानगरपालिकाको २५ लाख रुपैयाँ छुट्टएिपछि सडक ढलानको काम भइरहेको छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभामन्त्री थापाले सोमबार दिउँसो उपभोक्ता समितिमार्फत भइरहेको ढलानको काम निरीक्षण गर्न वुद्धमार्ग पुगे ।
उपभोक्ता समितिका अध्यक्ष ऐनकुमार साइको नेतृत्वको टोलीले ढलानबारे मन्त्रीलाई ब्रिफिङ गरिरहेको थियो । वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका स्थानीय रामकाजी श्रेष्ठले ढलानको लेबल नमिलेको र इन्चसमेत थोरै भएको भन्दै प्रश्न गरे ।
मन्त्रीलाई ब्रिफिङ गरिरहेका उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ (हिरामान प्रधान)ले श्रेष्ठलाई चुप लाग्न दबाव दिए । रामकाजी चुप नलापछि उनले धक्का दिएर सडकमै लडाइदिए । कोषाध्यक्ष नारायणले मन्त्रीकै अगाडि चुप लाग्न भन्दै धकेल्दा भर्खरै ढलान भएको सडकमै श्रेष्ठ पछारिए ।
श्रेष्ठले आफूमाथि हातपात भएको भन्दै मन्त्री थापामाथि प्रश्न गरे । मन्त्री त्यहाँबाट हिँडिहाले । ‘ढलानको गुणस्तरमाथि प्रश्न उठाउँदा ममाथि हमला भयो,’ कास्कीका पूर्व डिभिजनल वन अधिकृत समेत रहेका श्रेष्ठले भने, ‘तर मन्त्री चुपचाप निस्कनुभयो । किन हात हालेको भनेर पनि सोध्नुभएन ।’

वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका स्थानीय रामकाजी श्रेष्ठ
श्रेष्ठलाई धकेल्दा ढलानमा पछारिएको सिसिटिभी फुटेजमा पनि प्रस्टसँग देखिएको छ । आफूले प्रहरीलाई जानकारी गराएको र लिखित निवेदन दिन भनेको श्रेष्ठले बताए । ‘भोलि म लिखित उजुरी दिन्छु । अदालतसम्म पुगेर म कानुनी उपचार खोज्छु । मन्त्रीकै अघि ममाथि हातपात भएको छ,’ श्रेष्ठले भने ।
उपभोक्ता समितिका अध्यक्ष साइले भने श्रेष्ठले व्यक्तिगत रिसिइबी साँध्दै औंला उठाउँदा धकेलाधकेल भएको बताएका छन् । ‘उहाँले आँखैअघि औंला ठड्याउँदै तँ चुप लाग भन्दै हुनुहुन्थ्यो, नारायणजीले पनि धकेल्नुभयो,’ साइले भने ।
उपभोक्ता समितिका कोषाध्यक्ष श्रेष्ठले पनि तपाईं चुप लाग्नुस् भन्दै विस्तारै धकेल्दा श्रेष्ठ पछारिएको दाबी गरेका छन् । ‘मैले व्यक्तिगत काम गरेको होइन, इन्जिनियरले पनि गुणस्तर हेरिरहेका छन् । तर उहाँले आरोपमात्र लगानुभयो,’ नारायणले भने, ‘ मैले विस्तारै धकेलेको हो, उहाँ लड्नुभयो ।’
कानुनमन्त्री विन्दुकुमार थापाले भने आफू कामको निरीक्षण गर्न जाँदा अचानक घटना घटेको बताए । ‘अचानक घटना घट्दा के गर्ने, के नगर्ने भयो । सुरक्षा गार्डले त्यहाँबाट हिँड्न भनेपछि म हिँडे,’ उनले भने, ‘उहाँ पूर्व डीएफओ साप पनि हुनुहुन्छ । पुरानै रिसिइबी रहेछ । पछि मैले हात हाल्नु हुँदैनथ्यो भनेर सम्झाएँ ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन