
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
अमृत सुवेदी
पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार थापाले अघिल्लो साल निर्वाचन पूर्वाधार कार्यक्रमबाट २५ लाख रुपैयाँ हालेका थिए । अहिले पोखरा महानगरपालिकाको २५ लाख रुपैयाँ छुट्टएिपछि सडक ढलानको काम भइरहेको छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभामन्त्री थापाले सोमबार दिउँसो उपभोक्ता समितिमार्फत भइरहेको ढलानको काम निरीक्षण गर्न वुद्धमार्ग पुगे ।
उपभोक्ता समितिका अध्यक्ष ऐनकुमार साइको नेतृत्वको टोलीले ढलानबारे मन्त्रीलाई ब्रिफिङ गरिरहेको थियो । वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका स्थानीय रामकाजी श्रेष्ठले ढलानको लेबल नमिलेको र इन्चसमेत थोरै भएको भन्दै प्रश्न गरे ।
मन्त्रीलाई ब्रिफिङ गरिरहेका उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ (हिरामान प्रधान)ले श्रेष्ठलाई चुप लाग्न दबाव दिए । रामकाजी चुप नलापछि उनले धक्का दिएर सडकमै लडाइदिए । कोषाध्यक्ष नारायणले मन्त्रीकै अगाडि चुप लाग्न भन्दै धकेल्दा भर्खरै ढलान भएको सडकमै श्रेष्ठ पछारिए ।
श्रेष्ठले आफूमाथि हातपात भएको भन्दै मन्त्री थापामाथि प्रश्न गरे । मन्त्री त्यहाँबाट हिँडिहाले । ‘ढलानको गुणस्तरमाथि प्रश्न उठाउँदा ममाथि हमला भयो,’ कास्कीका पूर्व डिभिजनल वन अधिकृत समेत रहेका श्रेष्ठले भने, ‘तर मन्त्री चुपचाप निस्कनुभयो । किन हात हालेको भनेर पनि सोध्नुभएन ।’

वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका स्थानीय रामकाजी श्रेष्ठ
श्रेष्ठलाई धकेल्दा ढलानमा पछारिएको सिसिटिभी फुटेजमा पनि प्रस्टसँग देखिएको छ । आफूले प्रहरीलाई जानकारी गराएको र लिखित निवेदन दिन भनेको श्रेष्ठले बताए । ‘भोलि म लिखित उजुरी दिन्छु । अदालतसम्म पुगेर म कानुनी उपचार खोज्छु । मन्त्रीकै अघि ममाथि हातपात भएको छ,’ श्रेष्ठले भने ।
उपभोक्ता समितिका अध्यक्ष साइले भने श्रेष्ठले व्यक्तिगत रिसिइबी साँध्दै औंला उठाउँदा धकेलाधकेल भएको बताएका छन् । ‘उहाँले आँखैअघि औंला ठड्याउँदै तँ चुप लाग भन्दै हुनुहुन्थ्यो, नारायणजीले पनि धकेल्नुभयो,’ साइले भने ।
उपभोक्ता समितिका कोषाध्यक्ष श्रेष्ठले पनि तपाईं चुप लाग्नुस् भन्दै विस्तारै धकेल्दा श्रेष्ठ पछारिएको दाबी गरेका छन् । ‘मैले व्यक्तिगत काम गरेको होइन, इन्जिनियरले पनि गुणस्तर हेरिरहेका छन् । तर उहाँले आरोपमात्र लगानुभयो,’ नारायणले भने, ‘ मैले विस्तारै धकेलेको हो, उहाँ लड्नुभयो ।’
कानुनमन्त्री विन्दुकुमार थापाले भने आफू कामको निरीक्षण गर्न जाँदा अचानक घटना घटेको बताए । ‘अचानक घटना घट्दा के गर्ने, के नगर्ने भयो । सुरक्षा गार्डले त्यहाँबाट हिँड्न भनेपछि म हिँडे,’ उनले भने, ‘उहाँ पूर्व डीएफओ साप पनि हुनुहुन्छ । पुरानै रिसिइबी रहेछ । पछि मैले हात हाल्नु हुँदैनथ्यो भनेर सम्झाएँ ।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !