
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
सप्तरी । बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताउनुभयो । पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिनुभएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो ।
यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दशैंको मेला हेर्न राजविराज आएकी बालिकाहरुलाई आरोपितले ललाईफकाई कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए । बिहेको प्रलोभन दिई लगेका आरोपितले कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर भारत बिहारको करियौत पु¥याएको पछि थाहा पाएको पीडितहरुले बताउनुभयो ।
करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपित फरार भएपछि उनीहरुले पीडितका परिवारका सदस्यलाई सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जानकारी दिनुभयो । यसअघि बेचविखनमा परेकी १५ वर्षीया बालिकाकी आमाले डाक्नेश्वरी नगरपालिका–३ का ४२ वर्षीया भदियादेवी मलाह, ४५ वर्षीय उतिमलाल मलाह र १९ वर्षीय सन्तोष मुखियाविरुद्ध अपहरण गरी बेचविखन गर्न भारत पु¥याएको भन्दै गत असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको थियो । स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण एकाइ समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएकी बालिकाको उद्धार भई घर फर्किएपछि आरोपितमध्ये भदियादेजी गत असोज २३ गते पक्राउ परेकी हुन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण