
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौँ, २५ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ ।
सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ ।
यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन