पोखरा । तिहारको समयमा झैझगडा हुँदा चारजना व्यक्तिहरुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कार्तिक २० गते पोखरा वडा नं. १७ महतगौंडामा तिहारको समयमा झैझगडा हुँदा उनीहरुले हतियार प्रहार गरेका थिए ।
प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरा वडा नं. २० भलाम घर भई हाल छोरेपाटन बस्ने बर्ष १९ को गोरे भन्ने सुरज गुरुङ र पोखरा वडा नं. १७ हनुमान टोल बस्ने वर्ष २५ को छावा भन्ने सुशिल कार्कीलाई पक्राउ गरेको हो । गोरेलाई पोखराबाट र छावालाई प्रहरीले रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।
पक्राउ परेका गोरे र छावालाई कास्की जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।