News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

दोषीलाई कारवाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने चेतावनी

पोखरा महानगरपालिकाका कर्मचारीलाई भित्रैका सहकर्मीले होस् वा बाहिरी जो सुकैले ज्यान मार्ने धम्की दिए पनि डर, त्रास र प्रलोभनका कारण मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगायत जिल्लाका एसपी र सिडियोहरुले आजसम्म यस्ता घटनाको निष्पक्ष छानबिन र कारवाही गर्न सकेका छैनन् । अब यो घटनामा पनि सिङ्गो पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले के गर्छ हेर्न भने बाँकी नै छ ।

पोखरा, ७ कार्तिक । कर्मचारीलाई सिध्याई दिन्छु भन्दै धम्की दिने कार्यको घोर भत्र्सना गर्दै तत्कालै दोषीलाई कारवाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने चेतानवी लेखा कर्मचारीहरुले आज दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापन पत्र बुझाउँदै व्यक्तिगत सुरक्षाको प्रत्याभूति हुने गरी महानगरपालिकाका कानुन अधिकृत नारायण शर्मालाई तत्काल कारवाही प्रकृया अगाडि नबढाईएमा सम्पूर्ण आर्थिक कारोबार बन्द गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले गत कार्तिक ३ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा कानुन व्यवसायी कमलप्रसाद अर्यालको विषयमा भएको छलफलका क्रममा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेललाई रकम भुक्तानी नदिए सिध्याई दिन्छु भन्दै धम्क्याएका थिए । लगत्तै कानुन अधिकृत शर्मालाई कारवाही गरिपाउँ भनी वित्त महाशखा प्रमुख पौडेलले सोही दिन कार्यालयमा निवेदन दिएका थिए । तर हालसम्म पनि कारवाहीको प्रकृया अगाडि नबढेपछि लेखा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

तत्काल दोषीलाई कारवाहीको माग गर्दै आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई १३ जना लेखाका कर्मचारीहरु मध्ये १२ जनाले संयुक्त रुपमा हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् । यसरी हस्ताक्षर गर्नेहरुमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, लेखा अधिकृत आठौँ नारायणप्रसाद सुवेदी, लेखा अधिकृत सातौँ प्रवेश पौडेल, लेखा अधिकृत छैठौँ चन्द्रकान्त पौडेल, लेखा अधिकृत छैठौँ श्यामबहादुर पराजुली, लेखा अधिकृत पाँचौंतहका रवीन्द्र अधिकारी, जुना रिजाल, गोविन्दप्रसाद देवकोटा, दयाराम विश्वकर्मा, तोरणबहादुर कुँवर, लक्ष्मी खनाल र मनदेवी गुरुङ रहेका छन् । लेखा कर्मचारी मध्ये छविलाल शर्मा भने बैठकमा अनुपस्थित रहेका थिए ।

सो दिन प्रमुख प्रशासकीय अधिकृत महेश बरालकैं उपस्थितिमा उनकै कार्यकक्षमा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत भरत पौडेल र लेखा अधिकृत प्रवेश पौडेलले अधिवक्ता कमलप्रसाद अर्यालले भुक्तानी लिएको रकम ५ लाख ७ हजार महालेखा परिक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याईएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग पेश हुन आएकोले सो सम्बन्धमा छलफल गरिरहेका थिए । सोही क्रममा महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले वित्त महाशाखा प्रमुख जयराम पौडेलमाथि अपमानजनक, अमर्यादित शब्द प्रयोग गर्दै कमलप्रसाद अर्याललाई रकम भुक्तानी नदिए सिध्याई दिन्छु भन्दै धम्की दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

अधिवक्ता कमलप्रसाद अर्यालले भुक्तानी लिएको रकम ५ लाख ७ हजार महालेखा परिक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याईएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग पेश हुन आएकोले सो सम्बन्धमा छलफल चलिरहँदा कानुन अधिकृत नारायण शर्माले वित्त महाशाखाका प्रमुख जयराम पौडेललाई सिध्याई दिन्छु भन्दै धम्काए पछि लेखा कर्मचारीहरु एकजुट भएर कारवाहीको माग गरिरहेका छन् ।

महानगरपालिका भित्र मौंलाएको व्यापक आर्थिक अनियमिततालाई कडाई गर्दै आईरहेका वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेललाई यस अघि पनि निकै दुःख दिइएको थियो । हिनामिना भएको रकम र वेथितिका बारेमा आवाज उठाएका महाशाखा प्रमुख पौडेललाई महानगरपालिका भित्रकैं एक गिरोहले बदनाम गर्ने र ज्यान मार्ने धम्की दिदैं आईरहेको भएपनि उनीहरु सफल भने हुन सकेनन् । महानगरपालिका भित्र गुन्डा, केही पत्रकार र व्यवसायीहरुको आडमा मनपरी गर्दै आईरहेका कर्मचारीसँग पटक–पटक जुधिरहेका प्रमुख पौडेललाई यसपटक कानुन अधिकृत शर्माले ज्यान मार्ने धम्की दिएका हुन् ।

कानुन अधिकृत नारायण शर्माको पोखरामा टाईगर ग्रुपको नाममा सञ्चालित समूह र उनको गुन्डाहरुसँगको उठबस र राजनीतिक पहुँचका कारण हत्तपत्त कर्मचारीहरु गलत कार्य हुँदा समेत बोल्न डराउने गर्दथे । तर यतिबेला कानुन अधिकृत शर्मासहितको टिमले गर्न खोजेको गलत कार्य कर्मचारीहरुले रोक्दै आईरहेका छन् । तर प्रहरी प्रशासनले ज्यान जोखिममा राखेर राज्यका लागि बोलिरहेका कर्मचारीहरुको भने रक्षा र संरक्षण गर्न सकिरहेको छैन ।

त्यतिबेला पनि महानगरपालिका भित्र हुने आर्थिक अनियमितता र भ्रष्टाचारका विषयमा खरो उत्रिएका पौडेलले उठाएको विषय सत्य र स्थापित हुन पुगेको थियो । जसले गर्दा महानगरपालिकाको गुमेको करोडौं रकम खातामा दाखिला भएको थियो । स्मरण रहोस्, पोखरा महानगरपालिका भित्र हुने यस्ता वेथितिहरुलाई बारम्बार राजनीतिक संरक्षण प्राप्त हुँदै आईरहेको छ । यस अघि उठेको करोडौं रुपैयाँको अनियमितताको विषयमा पनि महानगरपालिका कैं प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीको संयोजकत्वमा बनेको छानबिन समितिले माखो समेत मार्न सकेन । यो समिति केबल आफ्ना कार्यकर्तालाई बचाउने र घटनालाई तोडमोड गर्ने तर्फमात्र केन्द्रित रह्यो । जसले गर्दा स्वयं प्रवक्ता नेपाली नै संयोजक रहेको समितिको प्रतिवेदन आजसम्म पनि सार्वजनिक हुन सकेको छैन ।

यसबाट के प्रष्ट हुन्छ भने त्यहाँ अनियमितताको घटना वा वेथिति बाहिरिएमा त्यसलाई कर्मचारीबाट दवाउने, नसके त्यहाँ रहेका जनप्रतिनिधिहरुबाट लुकाउने र नभए अनियमितताको विरोध गर्ने पात्रलाई दलगत आश्रित र पार्टीका प्रचार विभागका खेताला प्रयोग गरेर जनता माझ नङ्ग्याउने काम हुँदै आईरहेको छ । यति हुँदाहुँदै पनि महानगरपालिका भित्रको वेथितिका विरुद्धमा त्यहीँका केही कर्मचारीहरुले भने डटेर विरोध गरिरहेका छन् । तर यस्तो विकृति र अनियमितताको विरुद्धमा उठेको आवाज र कदमलाई पनि पटक–पटक दवाउने कोसिस भईरहेको छ । तर यतिबेला सत्ता र गुन्डाहरुको आडमा धाकधम्की दिदैं बषौंदेखि हालीमुहाली गर्दै आईरहेकाहरु मध्ये केही कर्मचारीहरुको मनोबल भने क्रमशः गिर्दै गईरहेको छ ।

यस अघि उठेको करोडौं रुपैयाँको अनियमितताको विषयमा पनि महानगरपालिका कैं प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीको संयोजकत्वमा बनेको छानबिन समितिले माखो समेत मार्न सकेन । यो समिति केबल आफ्ना कार्यकर्तालाई बचाउने र घटनालाई तोडमोड गर्ने तर्फमात्र केन्द्रित रह्यो । जसले गर्दा स्वयं प्रवक्ता नेपाली नै संयोजक रहेको समितिको प्रतिवेदन आजसम्म पनि सार्वजनिक हुन सकेको छैन ।

कानुन अधिकृत शर्माको पोखरामा टाईगर ग्रुपको नाममा सञ्चालित समूह र उनको गुन्डाहरुसँगको उठबस र राजनीतिक पहुँचका कारण हत्तपत्त कर्मचारीहरु गलत कार्य हुँदा समेत बोल्न डराउँदथे । तर पछिल्लो समय आएर पोखरा महानगरपालिका भित्र मौलाएको विकृतिका विरुद्धमा कर्मचारीहरुले खुलेर विरोध गर्ने र गलत काम गर्न ठाडै अस्विकार गर्ने परिस्थितिको निर्माण हुँदै गईरहेको छ ।

महानगरपालिका लगायत सरकारी कार्यालयहरुबाट लाखौं रुपैयाँ विज्ञापनका नाममा एकलौंटी ढंगले उठाउँदै आएका र गुन्डाहरुसँग मिलेर उठौंती धन्दा सञ्चालन गरिरहेका केही पत्रकारहरुले नियोजित रुपमा घटनालाई तोडमोड गर्दै तत्कालिन अवस्थामा वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेललाई बदनाम गर्ने ठुलो प्रयास गरिरहेका थिए । तर प्रमुख पौडेलले उठाएको आर्थिक अनियमितताको विषय सत्य प्रमाणित भएपछि भने यो गिरोह यतिबेला निस्कृय देखिएको छ ।

प्रहरी प्रशासनका केही, केही टोले गुन्डा, उठौंती धन्दा गर्ने केही पत्रकार, मिटर ब्याजी, हुन्डी र काला बजारीहरुको एक गिरोहबाट पटक–पटक पोखरा महानगरपालिका भित्रका कर्मचारीहरु सदैव त्रसित हुँदै आईरहनु परेको छ । विगत लामो समयदेखि राजनीतिक संरक्षण प्राप्त यस्तो गिरोहले पोखरा महानगरपालिकामा रजगज चलाउँदै आईरहेको थियो । तर पछिल्ला घटनाक्रमहरुले भने महानगरपालिका भित्रको वेथितिलाई क्रमशः ढाल्दै लगिरहेको छ ।

पोखरा महानगरपालिकाका कर्मचारीलाई भित्रैका सहकर्मीले होस् वा बाहिरी जो सुकैले ज्यान मार्ने धम्की दिए पनि डर र त्रासका कारण प्रशासकीय अधिकृतहरुले आजसम्म यस्ता घटनाको निष्पक्ष छानबिन र कारवाही गर्न सकेका छैनन् । यतिसम्म कि प्रहरी प्रशासनमा मुद्दा दायर हुँदा समेत यस्ता विषयमा कास्कीका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी समेत मौंन रहँदै आएका छन् । जसले गर्दा एकातर्फ कानुनी राज्यको उपहास भएको छ भने अर्कोतर्फ धम्की दिने प्रवृत्तिले प्रश्रय पाउँदै आईरहेको छ । अब यो घटनामा पनि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले के गर्छ हेर्न भने बाँकी नै छ ।