
 १मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन २सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ ३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ ४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश ५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ ६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’ ७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ ८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई ९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ १०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह ११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो १२५३ मृतकका परिवारलाई ८ करोड राहत
१२५३ मृतकका परिवारलाई ८ करोड राहत १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की ६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ ७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव ८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल ९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते १०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग ११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु १२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा 
 दीपाको व्यापार वा व्यवसाय भन्नु नै ‘हनी ट्रयाप’ हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौनसम्बन्ध स्थापित गर्छिन् । यौनसम्बन्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग ब्ल्याकमेल गरेर पैसा लिन्छिन् ।
मदन ढुङ्गाना
काठमाडौं, १ कार्तिक । २७/२८ वर्षकी एक युवती । अनुहार र लवाइ–खवाइ हेर्दा कुनै घरानियाँ खानदानकी जस्ती । कुराकानी गर्ने शैली पनि आम मानिसको भन्दा फरक । जीवनशैली र बोली व्यवहार हेर्दा उनीसँग नजिक नहुने कमै होलान् ।
उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।
काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले धपाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्यापको व्यापार ।
दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्रयाप हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौनसम्बन्ध स्थापित गर्छिन् । यौनसम्बन्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग ब्ल्याकमेल गरेर पैसा लिन्छिन् ।
समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो सम्बन्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने धम्कीसम्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बाध्य हुन्छन् । यौनलाई हतियार बनाएर यी युवतीले पुरुषलाई फसाउँछिन् र पैसा लिन्छिन् ।
केही–केही युवासँग त हनी ट्रयापमा पारेर पैसा लिएको मात्रै होइन, बलात्कारजस्तो जघन्य अपराधमा मुद्दा समेत दायर गरेकी छिन् उनले ।
यस्तो छ युवा फसाउने दीपाको काइदा दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।
दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।
प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् । र, केही दिन तिनै ठेकेदारको घरमा लुकेर बसिन् ।
समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो सम्बन्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने धम्कीसम्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बाध्य हुन्छन् । यौनलाई हतियार बनाएर यी युवतीले पुरुषलाई फसाउँछिन् र पैसा लिन्छिन् । केही–केही युवासँग त हनी ट्रयापमा पारेर पैसा लिएको मात्रै होइन, बलात्कारजस्तो जघन्य अपराधमा मुद्दा समेत दायर गरेकी छिन् उनले ।
प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।
पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।
दीपा र प्रकाशको सम्बन्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न दबाव दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै दबाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।
विवाह पनि नगर्ने र पैसा पनि नदिने भए नातासम्बन्ध कायम गराउँछु र बलात्कारको मुद्दा लगाइदिन्छु भन्दै धम्काउन थालेपछि ती ठेकेदारको परिवारले दीपालाई ४५ लाख रुपैयाँ बुझाएको ठेकेदारका आफन्तले सुनाए ।
अर्काकी श्रीमती भनेर जान्दा जान्दै दीपासँग लहसिएका ती ठेकेदारले सुरुमै आफ्नो खेत बन्धकी राखेर २५ लाख रुपैयाँ सहकारीबाट निकालिदिएका थिए । पछि थप तनाव दिन थालेपछि उनले थप २० लाख रुपैयाँ दिएर केस त मिलाए, तर ठेकेदारको खेत भने लिलामीमै गयो ।
सहकारीका कर्मचारी पनि फसे
श्रीमानको सम्पत्ति लिएर घर छाडेकी दीपा ठेकेदारलाई हनी ट्रयापमा पारिसकेपछि अर्को स्त्रीलम्पट नयाँ पात्रको खोजीमा निस्किइन् । ती पात्र थिए, दीपाकै काकाका आफन्त । बौद्ध क्षेत्रमा सहकारीमा काम गर्ने ती युवालाई दीपा आफैंले फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाइन् । सुरु–सुरुमा सामान्य कुराकानी भयो । दीपाले ती युवालाई कहिले कफी खान त कहिले खाजा खान भन्दै बोलाउन थालिन् । अविवाहित ती युवकका लागि दीपाले असल केटी खोजिदिने भन्दै केही युवती पनि देखाइन् । तर, युवकले अरुलाई मन पराएनन् ।
युवक पनि बरु ८ लाख दिएर आफ्नो काम गर्ने सोचमा परे र ८ लाख रुपैयाँ दिए । तर, दीपालाई त्यो पैसाले पुगेन । दीपासँगै हनी ट्रयापको गिरोहमा संलग्न दुई पुरुष र एक महिलाले दीपालाई थप उचाले । बलात्कारको मुद्दा लगाइदिने धम्की दिँदै थप रकमको माग गर्न थाले ।
पछि दीपा आफैंले युवकलाई यौन आशक्तिसँग जोडिएको म्यासेज पठाउन थालिन् र केही फरक पर्दैन, हामी सम्बन्धमा बसौं भन्न थालिन् । सुरुमा युवकले आपत्ति जनाए । तर, पनि दीपाले केही फरक पर्दैन, तपाईको विवाह भएपछि हामी छुटौँला भन्दै युवकसँग यौन सम्बन्ध स्थापित गर्न थालिन् ।
तर, त्यही यौन सम्बन्ध दीपाका लागि हनी ट्रयापको हतियार बन्यो र युवकको लागि पासो । दीपाले अब युवकसँग पैसा माग्न थालिन् । सुरुमा पैसा माग्दा सापटीकै रुपमा माग्ने र छोटो समयमा धेरै ब्याज आउने बताउन थालिन् । सुरु–सुरुमा लगेको पैसाको ब्याजसहित फिर्ता गर्न थालिन् । युवकले थप रकम दिँदै गए ।
युवक सहकारीमा काम गर्ने सामान्य व्यक्ति भएका कारण धेरै पैसा हुँदैनथ्यो । दीपालाई २ लाख रुपैयाँभन्दा बढी रकम दिइसकेका उनले रकम फिर्ता माग्न थाले । तर, जब उनले रकम फिर्ता माग्न थाले, त्यसपछि भने दीपाको व्यवहार परिवर्तन हुन थाल्यो । दीपाले आफ्नै फ्ल्याटमा बोलाएर मदिरा खुवाउन र त्यही समयमा युवकको नग्न फोटो तथा भिडियोहरु खिच्न थालिन् । अनि त्यही फोटो र भिडियो देखाउँदै ब्ल्याक मेल सुरु गरिन् ।
सुरुमा १५ लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ अन्त्यमा ८ लाख रुपैयाँमा मिल्यो । र, ८ लाख रुपैयाँ लिएर कुनै केश नगर्ने र पछि दुःख नदिने सहमति भयो । वकिल नै राखेर दुईवटा कागज गरियो । पहिलो कागजमा लेनदेन रहेको र त्यही वापत युवकले दीपालाई ८ लाख रुपैयाँ दिएको कागज गरियो । दोस्रो कागजमा चाहिँ आफूहरुबीच यौनसम्बन्ध रहेको आफूले गर्भपतनसमेत गराएको कारण क्षतिपूर्तिवापत ८ लाख रुपैयाँ लिएको कागज गरियो ।
दीपाले प्रशंशा थापासमेत गरी विभिन्न नाममा ८ वटा फेसबुक चलाएको पाइएको छ । कुनै एक फेसबुकको प्रयोग गरेर ठगी गरिसकेपछि उक्त फेसबुक नचलाउने र प्रत्येक पटक नयाँ–नयाँ फेसबुक चलाउने गरेको एक पीडितले बताए ।
युवक पनि बरु ८ लाख दिएर आफ्नो काम गर्ने सोचमा परे र ८ लाख रुपैयाँ दिए । तर, दीपालाई त्यो पैसाले पुगेन । दीपासँगै हनी ट्रयापको गिरोहमा संलग्न दुई पुरुष र एक महिलाले दीपालाई थप उचाले । बलात्कारको मुद्दा लगाइदिने धम्की दिँदै थप रकमको माग गर्न थाले । दीपा तथा गिरोहकै एक सदस्यले ती युवकलाई पठाएको म्यासेजमा पनि यी कुरा उल्लेख छन् ।
तर युवकले पहिले नै ८ लाख दिएर केस मिलाइसकेका कारण थप रकम दिन नसक्ने बताए । पछि दीपा र गिरोहका सदस्य मिलेर वौद्ध प्रहरीमा ती युवकविरुद्ध बलात्कारको मुद्दा नै दर्ता गराए । अहिले पनि यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
गर्भवती भएँ भन्दै धम्काउँदै
दीपासँग सम्बन्धमा रहेका ती युवकका अनुसार बलात्कार ती युवकले नभई दीपाले चाहिँ गरेकी थिइन् । उनले रातोपाटीसँग भने, ‘के गर्नु, नेपालको कानुनले महिलाले बलात्कार गर्न सक्दैन भन्छ । नत्र मलाई पहिलो दिन नै दीपाले जबरजस्ती गरेकी थिइन् ।’
युवकका अनुसार दीपा यौन सम्बन्धको समयमा कण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न पनि अनिच्छा देखाउँथिन् । आफूले तीन महिने सुई लगाएको भन्दै कण्डम प्रयोग गर्न नमान्ने र तपाईले अरु विषयको चिन्ता लिनु पर्दैन भन्थिन् ।
दीपाले फसाएका व्यक्ति यी तीन जनामात्रै होइनन्, त्यसपछि पनि सहकारीमै काम गर्ने मगर थरका व्यक्ति, राजनीतिक नेतृत्वसँग नजिक भएका पाण्डे थरका व्यक्ति, राना थरका नेपाल प्रहरीका सई, उदयपुरका गौतम थरका व्यक्ति, उदयपुरकै भट्टराई थरका व्यक्ति र गाउँ नजिकैका गिरी थरका व्यक्तिसमेत रहेका छन् ।
तर, जब धेरै पैसा लिइसकेकी हुन्थिन्, अनि गर्भवती भएँ भन्दै धम्काउन सुरु गर्थिन् । अनि नातामा बहिनी पर्ने गिरोहकै एक सदस्यमार्फत् पैसाको बार्गेनिङ सुरु गर्थिन् । ती युवकले सुनाए, ‘एकपटक उसकै बहिनीले दिदी गर्भवती हुनुभयो, केस मिलाउनुपर्यो भनेर लगातार म्यासेज गरिन् । पछि मैले आफंै किटबाट टेष्ट गराएँ । तर, रिपोर्ट नेगेटिभ आयो ।’
ती युवकका अनुसार दीपाले पटक–पटक यस्तो भन्दै पैसा माग्ने र पैसा नदिए परिवारका सदस्यलाई फोन र म्यासेज गर्ने अनि बलात्कारको केस गर्छु भन्दै धम्की दिने गरेको ती युवकले बताए । उनले भने, ‘मसँग ८ लाख रुपैयाँ पनि लिई र अन्तिममा बलात्कारजस्तो गम्भीर अपराधमा मुद्दा समेत दर्ता गराई । उसले बार्गेनिङ गरेको म्यासेज र कल रेकर्ड मसँग अझै छ । तर, पनि के गर्नु मै भागेर हिँड्नु परेको छ । त्यो महिलाले मेरो जीवन बर्वाद पारी । अझ मैमाथि धम्की आइरहेकै छ । मेरो व्यथा कसले बुझिदिने ?’
जन्मजात अपाङ्गलाई पनि छाडिनन्
दीपाको माइती नजिकैका नवराज जन्मजात पोलियो रोगबाट पीडित युवक हुन् । उनी वैशाखी टेकेर हिँड्ने गर्छन् । तर, दीपाले उनलाई समेत बाँकी राखिनन् ।
सुरुमा दीपाले नै नवराजलाई फेसबुकमा रिक्वेष्ट पठाइन् । सामान्य कुराकानी हुन थाल्यो । पछि दीपाले नवराजलाई प्रेम प्रस्ताव राखिन् । नवराजले आफू जन्मजात पोलियो रोगबाट ग्रसित व्यक्ति भएको र प्रेम वा विवाहको सम्बन्धमा कुनै सोच नभएको बताए ।
तर, दीपाले आफू डिभोर्स गरेर बसेकी महिला भएका कारण आफूलाई एकजनाको साथ चाहिएको र आफूले हेरविचार गरेर बस्ने भन्न थालिन् । नवराजसँग विवाह नै गर्ने आश्वासन दिन थालिन् । त्यसपछि नवराज र दीपाबीच माया–प्रेमको कुरा पनि हुन थाल्यो । अनि दीपाले नवराजलाई यौन आशक्तिको म्यासेज पठाउँदै कोठामा बोलाउन थालिन् । तर, नवराजले विवाहपूर्व त्यसबारे केही नसोचेको जवाफ दिए र दीपाको कोठामा गएनन् ।
यहीबीचमा दीपाले नवराजसँग पनि पैसा माग्न थालिन् । पहिलोपटक भक्तपुरमा रहेको जग्गा बेचेर अर्को जग्गा किन्न लागेको र केही रकम नपुगेको भन्दै नवराजसँग पैसा मागिन् । तर, आफूसँग धेरै पैसा नभएको भन्दै नवराजले पहिलोपटक ७० हजार रुपैयाँ दिए । त्यसपछि पनि पटक–पटक गरी नवराजले दीपालाई २ लाख २१ हजार रुपैयाँ दिए ।
तर, दीपाले आफू डिभोर्स गरेर बसेकी महिला भएका कारण आफूलाई एकजनाको साथ चाहिएको र आफूले हेरविचार गरेर बस्ने भन्न थालिन् । नवराजसँग विवाह नै गर्ने आश्वासन दिन थालिन् । त्यसपछि नवराज र दीपाबीच माया–प्रेमको कुरा पनि हुन थाल्यो । अनि दीपाले नवराजलाई यौन आशक्तिको म्यासेज पठाउँदै कोठामा बोलाउन थालिन् । तर, नवराजले विवाहपूर्व त्यसबारे केही नसोचेको जवाफ दिए र दीपाको कोठामा गएनन् ।
यता दीपाले विवाहका लागि दिएको समय नजिक आउन थाल्यो । तर, दीपा नवराजसँग विवाह गर्ने सोचमा थिइनन् । बरु पछि ‘तँसँग विवाह गर्दिनँ भन्ने तँलाई थाहा थियो त’ भन्दै तर्किन थालिन् ।
नवराजले आफूले दिएको पैसा फिर्ता माग्न थाले । तर, कहिले के, कहिले के भनेर तर्किन थालिन् । नवराज भन्छन्, ‘खासमा त्यो महिलाको योजना मलाई कोठामा बोलाएर बलात्कारको आरोप लगाउने रहेछ, तर म उसको कोठामा गइनँ, त्यसपछि उपाय नभएर पैसा दिन्छु भनेकी छे । तर, दिन्छु मात्रै भन्छे, दिनचाहिँ दिन्न ।’
दीपाले फसाएका व्यक्ति यी तीन जनामात्रै होइनन्, त्यसपछि पनि सहकारीमै काम गर्ने मगर थरका व्यक्ति, राजनीतिक नेतृत्वसँग नजिक भएका पाण्डे थरका व्यक्ति, राना थरका नेपाल प्रहरीका सई, उदयपुरका गौतम थरका व्यक्ति, उदयपुरकै भट्टराई थरका व्यक्ति र गाउँ नजिकैका गिरी थरका व्यक्तिसमेत रहेका छन् ।
८ वटा फेसबुक
दीपाले प्रशंशा थापासमेत गरी विभिन्न नाममा ८ वटा फेसबुक चलाएको पाइएको छ । कुनै एक फेसबुकको प्रयोग गरेर ठगी गरिसकेपछि उक्त फेसबुक नचलाउने र प्रत्येक पटक नयाँ–नयाँ फेसबुक चलाउने गरेको एक पीडितले बताए ।
ती पीडितले भने, ‘सुरुमा मलाई प्रशसा थापाका नामबाट फे्रण्ड रिक्वेष्ट आएको थियो । पछि त्योबाट छाडेर अन्य नामबाट कुराकानी हुन थाल्यो । मलाई थाहा थिएन, किन फरक–फरक नामबाट फेसबुक चलाएको भनेर । पछि बुझ्दै जाँदा पेसा नै यही रहेछ भन्ने थाहा भयो ।’
समाचार रोक्न पीडितलाई धम्की
६ जना पीडितले रातोपाटीलाई आफू कसरी ठगिएँ भनेर सम्पर्क गरेपछि हनी ट्रयापमा संलग्न दीपालाई सम्पर्क गरेको थियो । सुरुमा आफू नै पीडित भएको र भेटेरै सबै कुरा भन्छु भनेकी दीपा त्यसपछि भने रातोपाटीको सम्पर्कबाट बाहिरिइन् । बरु पीडितहरुलाई थप धम्की दिँदै आफ्नो बारेमा समाचार आए अन्य मानिस पनि तानिने बताएकी छिन् ।
आफ्नो बारेमा समाचार आए बाँकी सबैलाई बलात्कारको केस गर्छु भन्दै धम्काएकी एक पीडितले बताए । -समाचार स्रोत : रातोपाटी डटकम
 १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की