
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
मोरङ, २७ असोज । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी ९गोली लागी घाइते०लाई सार्वजनिक गरिएको छ ।
लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो ।
यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो । उक्त लुटपाटमा नौ जना सङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।
लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशङ्का गरिएको र चाँडै प्रकाउ गरी सार्वजनिक गरिने उहाँले बताउनुभयो । निजहरुले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी लुटपाट गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।
उक्त लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागी घाइते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । निजहरुको साथबाट कटुवा पेस्तोल एक थान ९एक राउण्ड लोडेड गोलीसहित०, सानो मोबाइल एक थान, पेस्तोलको नपड्किएको राउण्ड थान एक र खोका एक बरामद गरिएको छ । बैंकले प्रारम्भिकरूपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन् । निजहरु उपर हातहतियार खरखजना, डकैती, सङ्गठित अपराध तथा ज्यान मार्ने उद्योग गरी चारवटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने