
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
किमाथाङ्का, २६ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज पक्राउ गरेको छ ।
हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी आफँै घटनास्थल आइपुग्नुभएको थियो । डिआइजी बीसी घटनाको अनुसन्धान गर्ने बुधबार घटनास्थलमादी–१ खोला गाउँमा आइपुग्नुभएको हो । त्यस्तै गरी हत्या प्रकरणका अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली लिएर डीएसपी रुकमबहादुर कुँवरसहितको टोली मङ्गलबार घटनास्थल आइपुगेको थियो । अनुसन्धानको क्रममा मृतकको घरभित्र खानतलासी गर्दा रु चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव