
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
भविन कार्की
किमाथाङ्का, २४ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुग्नुभएको छ । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोला गाउँमा आइपुग्नुभएको हो ।
विभत्स हत्याको घटना रहस्यमयी बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । प्रहरीका विभिन्न टोलीले घटनाको सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उहाँले बताउनुभयो ।
अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरी सक्रियरूपमा लागेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उहाँको भनाइ थियो । घटना भएको चार दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ ।
हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको उहाँको भनाइ छ । हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दे प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा रु चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन नसकेपछि मङ्गलबार धरान फर्किएको छ ।
सीआईबीको प्रहरी टोली घटनास्थलमै
सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि सङ्खुवासभा आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीको घटनास्थल खोला गाउँमै छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरसहित टोली मङ्गलबार घटनास्थल आइपुगेको हो ।
मृतकको सामूहिक दाहसंस्कार इटहरीमा
मादी–१ खोलागाउँमा हत्या गरिएका तेजबहादुर कार्कीसहित छ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिनुभयो । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुग्नुभएको थियो । मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन