
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
म्याग्दी, १४ भदौ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक/एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।
नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताउनुभयो । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताउनुभयो ।
बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस बर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन् ।
त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन् । बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक/एक वटा विद्यालय भवनमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ । अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मालिकाको रुम, धवलागिरिको लुलाङलगायतका ठाउँमा बाढीपहिरोको जोखिम छ । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश