पोखरा, १३ भदौं ।पोखराको बागलुङ बसपार्क नजिकको फिर्केपुलबाट हिजो राती गाडी खोलामा खसेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ब्रिटिस एम्बेसीको ६०-०-४६७ नम्बरको स्कारपियो राति २ बजे फिर्के खोलामा खसेको हो ।
सो स्कारपियोमा पोखरा वडा नंं. १६ का २९ वर्षीय विजय घले र उनकी श्रीमती २८ वर्षीया दुर्गा गुरुङ सवार थिए । सडकबाट करिब ९ मिटर जति तल फिर्के खोलामा स्कारपियो खसे पनि त्यहाँ रहेका घले दम्पती भने सकुशल रहेको र गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । पुल भएको ठाउँमा सडक साँघुरो हुँदा यहाँ धेरैपटक यस्ता दुर्घटनाहरु भईरहेका छन् ।
तस्विरहरु: सिरोजविजय कोइराला