
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
अशोक पहाडी
रौतहट, ८ भदौ । लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका हुन् ।
असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरिएको थियो । यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए । प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि ६ दिनको म्यादसमेत थप भएको छ ।
प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनामा संलग्न दुई प्रहरीमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गरिएको बताए । ‘लागुऔषधसहित पत्रकार पक्राउ परेको घटनामा हामीले अनुसन्धान ग¥यौँ । यही क्रममा सिसिटिभी फुटेजको अध्ययन पनि भयो । फुटेजमा दुई प्रहरी पनि सहभागी भएको देखिएपछि दुवैलाई निलम्बन गरेका छौँ, अब निष्पक्ष छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ,’ उनले भने ।
असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए । मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका थिए । लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको तथ्य सार्वजनिक भएको थियो ।
पत्रकार मुजिबुल्लाह रिहा
चौतर्फी दबाबपछि लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई प्रहरीले छाडेको छ । तीन दिनअघि रौतहट प्रहरीले लागुऔषध कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरेको थियो । उनी निर्दोष भएको प्रमाणित भएपछि प्रहरीले छाडेको हो । सोमबार जिप्रका रौतहटले गरेको पत्रकार सम्मेलनमा जिप्रका प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिए । उनले निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए ।
पत्रकार सम्मेलनमा एसपी शाहले सञ्जय सहनी नाम गरेका अर्का पत्रकारको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको दाबी गरे । नयाँ पत्रिका दैनिक
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ