
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने दुई जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् ।
गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले उक्त राहत वितरण गरेका हुन् । रिसिङका देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे । खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड हुन् । असार २४ गतेको झरीपछि आएको पहिरोमा परी रिसिङमा २ जनाका निधन भएको थियो ।
पहिरोले रिसिङका धेरै बस्ती जोखिममा पर्नुका साथै सकडमा क्षति पुगेको छ । सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सिमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए ।
पञ्चायतकालमा राजनीतिक संगठनका लागि रिसिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिले अगाडि बढ्नुपर्ने बताए । कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे । उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्बपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन ।
पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतिर इंगित गर्दै उनले यसका लागि अहिले झ्यालवास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे । अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, झुलबहादुर आले, गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दल सचेतक ओमकला गौतम, प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङले प्राकृतिक विपत्तिले रिसिङमा ठूलो क्षति पु¥याएको भन्दै यसका लागि ३ वटै तहका सरकारले समन्वय गरेर काम गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, गाउँपालिका उप्रप्रमुख गिलुमाया थापा लगायतले कार्यक्रममा बोलेका थिए । गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरोले क्षतिग्रस्त भएको रिसिङलाई पुरानै अवस्थामा पु¥याउन सहकार्य जरुरी रहेको भनाइ राखे ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनस्र्थापनका लागि प्रति घर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए । जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नु पर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले जानकारी दिए । तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन् । रिसिङ, भानु र बन्दीपुर गापामा धेरै क्षति भएको छ ।
मुख्यमन्त्री पोखरेलले शुक्रबारै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको अवलोकन गरेका छन् । कोभिड महामारीका बेला अस्पतालले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अस्पतालको क्षमता वृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले भीमाद बजारमा सेती नदीले पारेको क्षतिको अवलोकन गरेका थिए । भीमदमै निर्माणाधीन नेपाली कांग्रेसको कार्यालय अवलोकन गरेपछि उनी जनज्योति क्याम्पस परिसरमा वृक्षरोपणमा सहभागी भए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेकी आमालाई भेटेर आशीर्वाद लिएका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव