
१गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
२पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
३अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
४श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
८पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
९पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
१०आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
११स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
६वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् ।
सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ । यस विषयमा अहिले हामी यति मात्र बताउन सक्छौं ।’
दैनिक भास्करका नेशनल इडिटर लक्ष्मीप्रसाद पन्तले भने, ‘जयपुर कार्यालयमा केही प्रहरीको टोली पुगेको छ । उनीहरुले के अनुसन्धान गरिरहेका छन् भन्ने हामीलाई थाहा छैन । म कार्यालय जाँदैछु ।’
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो । मध्यप्रदेशको भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आधा दर्जनभन्दा धेरै स्थानमा छापा मारिएको बताएका छन् ।
दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो । दैनिक भास्करले कोरोना महामारीको क्रममा धेरै खोजमूलक समाचार प्रकाशित गरेको छ । जसमा सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे प्रश्न उठाइएको थियो ।
भारत सरकारले अक्सिजन अभावको कारण मृत्यु हुनेको संख्या शून्य बताइरहेको समयमा उसले गत अप्रिलमा मध्यप्रदेशमा मात्र अक्सिजन अभावको कारण ६० जनाको मृत्यु भएको समाचार सार्वजनिक गरेको थियो ।
त्यस्तै कोरोनाको दोस्रो लहर आउनुमा पनि सरकारले चरम लापरबाही गरेको खोजमूलक समाचारहरु दैनिक भास्करले श्रृङ्खलाबद्धरुपमा प्रकाशित गरेको थियो । त्यस्तै उसले गंगा नदी किनारमा भेटिएका शवहरूका विषयमा खोजमुलक रिपोर्ट प्रकाशित गरेको थियो । केन्द्र सरकारले फैलाएको गलत समाचार वा लुकाएको तथ्यांकको पनि फ्याक्ट चेक दिँदै आएको थियो ।
भारतका विपक्षी दलहरुले सरकारले दैनिक भास्करमाथि उसको कमजोरी उजागर गरेको प्रतिरोध साँध्न छापा मारेको बताएका छन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथले मोदी सरकार राज्यको चौथो अंगलाई दबाउने र सत्यलाई लुकाउने प्रयासमा लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत् उनले पेगाससको निशानामा धेरै मिडिया र त्यसमा काम गर्ने मानिसहरु रहेकोमा अब सरकारले पनि निरन्तर आफ्नो पोल खोलिरहेको बताएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक भास्करको कार्यालयमा छापा मार्नु मिडियालाई डर देखाउने प्रयास भएको बताएका छन् । सरकारविरुद्ध बोल्नेलाई नछाड्ने नीतिमा अहिले सरकार रहेको केजरीवालको बुझाइ छ ।
यसअघि गत फेब्रुअरीमा भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले न्युजक्लिक डट इनसँग जोडिएका पत्रकारहरु र अधिकारीहरुको घरमा छापा मारेको थियो ।
–अनलाईन खबर (एजेन्सीहरुको सहयोगमा)
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ