
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । कास्की मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले सई टिकाराम न्यौपानेसँग बल्ल माफी मागेका छन् । ईलाका प्रहरी कार्यालय मादीका तत्कालिन प्रहरी प्रमुख सई टिकाराम न्यौपानेलाई वडाध्यक्ष सापकोटाले अश्लिल शब्दहरु प्रयोग गर्दै फोनबाट धम्की दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा वडाध्यक्ष सापकोटाले जेठ ९ गते सई न्यौपानेसँग माफी मागेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले राजनीतिक दलको दवावका कारण वडाध्यक्षलाई कारवाही गर्नुको साटो सरुवाका नाममा प्रहरीको मनोबल गिर्ने गरी सई न्यौपानेलाई त्यहाँबाट नै हटाई दिएका थिए ।
गत वैशाख १२ गतेको घटनामा कास्की प्रहरीले कारवाही गर्नुको साटो गण्डकी प्रदेश प्रहरी कार्यालयमा गलत रिपोटिङ गरेको थियो । पटक–पटक प्रहरी जघन्य अपराधहरुमा चिप्लिएको कास्की प्रहरी यो घटनामा पनि सत्तापक्षका नेताहरुको दवावका कारण दोषी वडाध्यक्षलाई कारवाही गर्न सकिरहेको थिएन । प्रहरी संगठन कै माथिल्लो निकायबाट सोधपुछ भएपछि बल्ल ढिलै भएपनि सई न्यौपानेले केही राहत महसुस गर्न पाएका छन् ।
यस विषयमा डन न्यूजले जेठ ५ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी घनश्याम अर्याललाई सईलाई मनपरी बोल्ने मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षलाई कारवाही भयो कि भएन भनेर सोधेका थियौं । यस विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी अर्यालले त्यतिबेला भनेका थिए–‘वडाध्यक्षलाई झिकाएर कारवाही भईसकेको छ । मैले एसपीलाई कारवाही गर्नुस् भनिसकेको छु । यस विषयमा थप एसपीसँग बुझ्नुहोस् ।’
जतिबेला डिआईजी अर्यालले कारवाही भईसक्यो भनेर सञ्चारमाध्यमलाई जानकारी दिदैं थिए, त्यतिबेलासम्म कास्की प्रहरीले यो विषयमा कुनै पनि कारवाही अगाडि बढाएको थिएन । डिआईजी अर्यालले कारवाही भईसक्यो भन्ने जवाफ दिएको ४ दिनपछि मात्र कास्की प्रहरीले बल्ल गाउँपालिकाका अध्यक्ष सापकोटालाई झिकाएर माफी मगाएको थियो ।
घटनाका पीडित सई न्यौपानेले डन न्यूजसँगको कुराकानीमा भने–‘मलाई चित्त नबुझे पनि आफूभन्दा माथिका सरहरुले भने पछि मान्नै पर्यो । तर एउटा बर्दीमा रहेको र ड्युटीमा खटिएको प्रहरीलाई फोन गरेर अश्लिल शब्द प्रयोग गर्नु प्रहरी संगठन कैं लागि दुःखद घटना हो ।’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव