
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
स्याङ्जा । कोरोना संक्रमणको त्रासले शव जलाउन नदिदाँ आफ्नै घर अगाडि खाल्डो खनेर आमाको शव पुर्न छोरा विवश भएका छन् । छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बितेकी ९३ वर्षकी आमाको शव व्यवस्थापनमा गाउँलेहरुले अवरोध गरेपछि घर अगाडि खाल्डो खनेर आमाको शव पुर्न छोरा विवश भएका हुन् ।
स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेवास पोखराचौरकी ती ९३ वर्षकी वृद्धा तीन वर्षदेखि दीर्घ रोगले थलिएकी थिईन् । छोराबुहारी कोरोना संक्रमित भएपछि गत मंगलबार बितेकी आमाको शवलाई छिमेकीले घाटमा जलाउने तयारी गरिरहँदा अर्को गाउँका मानिसहरुले अवरोध गरेका थिए । शव लिएर घाटमा पुगेका आफन्त र अर्का गाउँका स्थानीयवीच दिनभर तनाव र विवाद हुँदा अन्ततः आमाको शव घर अगाडि नै खाल्डो खनेर पुर्नु पर्ने अवस्था आएको हो ।
गाउँले शव जलाउनका लागि ट्याक्टरमा दाउरा हालेर घाटतर्फ जाँदै गर्दा छिमेकी वडा नं. ५ सेपत गाउँका वासिन्दा आएर कोरोना सर्नसक्ने भन्दै लाश जलाउन दिएनन् । जलाउन नदिएपछि खोला नजिकै खाल्डो खनेर पुर्न लाग्दा पनि खनेको खाल्डो पुर्न बाध्य पारेपछि उनीहरु घरै फर्किए । गाउँलेहरुको विरोधका अगाडि केही नलागेपछि गाउँपालिका स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका कर्मचारीहरु मिलेर घर नजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेका थिए ।
कोरोना संक्रमण फैलिएसँगै यस्तो संक्रमितहरुको शव जलाउने विषयमा ठाउँ–ठाउँमा यस्ता विवादहरु हुँदै आईरहेका छन् । कोरोना सम्बन्धि पूर्ण रुपमा जानकारी नहुँदा र यसको त्रासका कारण पनि गाउँलेहरु त्रसित भएका हुन् । यस अघि पोखरामा पनि शुरुको चरणमा कोरोना महामारी फैलिँदा लाश व्यवस्थापनका विषयमा पटक–पटक झडप भएका थिए । प्रहरीले गोली समेत चलाउनु पर्ने स्थिति आएको थियो । एकातर्फ शोकमा परेको परिवार र अर्को तर्फ आफन्तको शव व्यवस्थापनमा छिमेकीले नै देखाएको दुव्र्यवहार, कोरोना कहर झनै पिडादायी बन्दै गईरहेको छ । कोरोना संक्रमणका विषयमा आममानिसमा त्रास र भ्रम बढि देखिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन