
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएपछि गाउँ नैं शोंकमा डुबेको छ । पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएपछि अस्पतालमा पोष्टमार्टमका लागि ल्याउँदै गर्दा जिप दुर्घटनामा परेर थप ६ जनाको ज्यान गएको हो ।
बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय खेमसिंह भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ । जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
घाइते मध्ये तीनजनाको अवस्था अझै गम्भीर रहेको छ । ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा भएको हो । मृतक वडा सदस्यको शवसहित ११ जना सवार रहेको जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार साँघुरो घुम्तीमा मोड्न नमिलेपछि ब्याक गर्दा जिप सडकबाट खस्दा दुर्घटना हुन पुगेको थियो ।
यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका
घर नजिकै काम गर्दै थिए वडासदस्य गोविन्द
बैतडी । यतिबेला बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ६ शोकमा डुबेको छ । वैशाख २० गते राती साढे ८ बजे परेको चट्याङका कारण गोविन्द सिंह भण्डारीले ज्यान गुमाएपछि शुरु हुन पुग्यो शोकको श्रृंखला ।

चट्याङ लागेर मृत्यु भएका बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ६ का वडासदस्य गोविन्दसिंह भण्डारी ।
घर नजिकैको अन्न पिध्ने मिलमा राती काम गरिरहेका वडा सदस्य भण्डारीमाथि चट्याङ परेपछि उनले घटनास्थलमा नै ज्यान गुमाउन पुगेका थिए । भण्डारीको मृत्यु भएपछि उनका आफन्तहरु मिलेर उनलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउँदै थिए । सोही क्रममा जिप दुर्घटना हुन पुग्यो र, थप मानवीय क्षति भयो । जसले गर्दा यतिबेला सिंगो गाउँ नै शोकमा डुबेको छ ।
जिप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिए भने उपचारका क्रममा थप एकको मृत्यु हुन पुग्यो । अझै पनि तीनजनाको अवस्था गम्भिर छ । जिप दुर्घटना हुँदा यसमा सवार पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवल बस्ने ३० वर्षीय डम्मर सिंह भण्डारी, ५० वर्षीय जित सिंह भण्डारी, ४० वर्षीय दिपक सिंह भण्डारी, २७ वर्षीय हिक्मत सिंह भण्डारी र दशरथचन्द नगरपालिका–४ बस्ने जिप चालक ४५ वर्षीय तेज बहादुर बोहराको मृत्यु हुन पुगेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये हामीलाई प्राप्त भएका तस्विरहरु यहाँ राखेका छौं ।-सम्पादक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन