
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
पोखरा । संवैधानिक तथा कानुनी अधिकारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्याराहरुलाई समेत आममाफी दिएकी छिन् । राष्ट्रपति भण्डारीको यो कदमले देशको कानुनी व्यवस्थामाथि नै प्रश्न चिन्ह उठेको छ ।
पाँचसय ८० जना कैदी–बन्दीलाई मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले आममाफी दिएकी हुन् । जसमा १५ जना यस्ता अपराधीले पनि आममाफी पाएका छन् कि जसले अदालतको फैसला अनुसार उनीहरुले एक दिन पनि सजाय भुक्तान गरेका छैनन् ।
प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार आएका, कम्तिमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीहरुलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलन रहेको छ । तर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ मा आममाफीसम्बन्धी व्यवस्था छ । जसमा भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रुर तरिकाले हत्या, जाति हत्या, विस्फोटक पदार्थसम्बन्धी अभियोग, अपहरण, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा धेरै जेल सजाय भएको लागुऔषध मुद्दामा माफी दिन नसकिने स्पष्ट लेखिएको छ ।
पीडितलाई झनै त्रास र यातना हुने गरी हत्याराहरुलाई आममाफी दिदाँ यसले सबैतिर सन्त्रास छाएको छ । आफ्नो पार्टी वा गुटको हुँदैमा जघन्य अपराध गर्नेहरुलाई पनि आममाफी दिनुले दण्डहिनता झनै मौलाउने प्रष्ट देखिन्छ ।
यसपटक राष्ट्रपति भण्डारीले ओली पक्षका नेकपा समर्थक भएकै कारण दाजुभाइ कैं हत्या गर्ने तीनजनालाई असल चरित्र भएको भन्दै आममाफी दिए पछि पीडितहरुमा त्रास र पिडा थपिएको छ । यी तीनजना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्कापट्टामा विचौलियाको काम गर्ने गर्दथे ।
२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर वडा नं. १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही मुद्दामा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । पछि यी ३ जनाले नै गोविन्दका दाइ शिवको पनि जेलभित्रै हत्या गरिदिए ।
‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल यिनै प्रश्नको उत्तरको खोजीमा छिन् ।

’मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल यतिबेला न्यायको खोजीमा छिन् ।
‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखिएका पौडेलका हत्यारा सावित भई कारबाही भोगिरहेका फणिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायका लागि फेरि अदालत जाने निर्णय गरेकी छिन् ।
२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन् । चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए । थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरी हत्या गरियो । शिव पौडेललाई पुष २ गतेमात्र मृत घोषणा गरिएको थियो ।
२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए । पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवसका दिनमा छुटेका त छन् तर यसले कानुनी राज्यको धज्जी उडाउनुका साथै सन्त्रास फैलिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ