
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । संवैधानिक तथा कानुनी अधिकारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्याराहरुलाई समेत आममाफी दिएकी छिन् । राष्ट्रपति भण्डारीको यो कदमले देशको कानुनी व्यवस्थामाथि नै प्रश्न चिन्ह उठेको छ ।
पाँचसय ८० जना कैदी–बन्दीलाई मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले आममाफी दिएकी हुन् । जसमा १५ जना यस्ता अपराधीले पनि आममाफी पाएका छन् कि जसले अदालतको फैसला अनुसार उनीहरुले एक दिन पनि सजाय भुक्तान गरेका छैनन् ।
प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार आएका, कम्तिमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीहरुलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलन रहेको छ । तर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ मा आममाफीसम्बन्धी व्यवस्था छ । जसमा भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रुर तरिकाले हत्या, जाति हत्या, विस्फोटक पदार्थसम्बन्धी अभियोग, अपहरण, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा धेरै जेल सजाय भएको लागुऔषध मुद्दामा माफी दिन नसकिने स्पष्ट लेखिएको छ ।
पीडितलाई झनै त्रास र यातना हुने गरी हत्याराहरुलाई आममाफी दिदाँ यसले सबैतिर सन्त्रास छाएको छ । आफ्नो पार्टी वा गुटको हुँदैमा जघन्य अपराध गर्नेहरुलाई पनि आममाफी दिनुले दण्डहिनता झनै मौलाउने प्रष्ट देखिन्छ ।
यसपटक राष्ट्रपति भण्डारीले ओली पक्षका नेकपा समर्थक भएकै कारण दाजुभाइ कैं हत्या गर्ने तीनजनालाई असल चरित्र भएको भन्दै आममाफी दिए पछि पीडितहरुमा त्रास र पिडा थपिएको छ । यी तीनजना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्कापट्टामा विचौलियाको काम गर्ने गर्दथे ।
२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर वडा नं. १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही मुद्दामा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । पछि यी ३ जनाले नै गोविन्दका दाइ शिवको पनि जेलभित्रै हत्या गरिदिए ।
‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल यिनै प्रश्नको उत्तरको खोजीमा छिन् ।

’मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल यतिबेला न्यायको खोजीमा छिन् ।
‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखिएका पौडेलका हत्यारा सावित भई कारबाही भोगिरहेका फणिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायका लागि फेरि अदालत जाने निर्णय गरेकी छिन् ।
२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन् । चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए । थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरी हत्या गरियो । शिव पौडेललाई पुष २ गतेमात्र मृत घोषणा गरिएको थियो ।
२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए । पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवसका दिनमा छुटेका त छन् तर यसले कानुनी राज्यको धज्जी उडाउनुका साथै सन्त्रास फैलिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन