
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुग्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।
केन्द्रीय प्रतिनिधि लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो ।
स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने उहाँले बताउनुभयोे । लेखकले यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गर्नुभएको थियो । कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने जनाइएको छ ।
घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ । यसअघि नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए ।
भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी हुन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ । आज पनि स्थानीय सिल्लेगडा र खोचलेक बजार सिठ्ठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी