
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।
अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयमार्फत छानविन शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशनानुसार प्राविधिकसहितको टोली बनाएर छानविन शुरु गरेको जानकारी दिनुभयो । “छानविन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन शुरु गरेको छ”, उहाँले भन्नुभयो, “कागजातको अध्ययन र नापचाँजपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा बुझाउँछ । त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौँ ।”
टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृतस्तरका कर्मचारी छन् । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सभाहल निर्माणका लागि बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ फागुन १५ गते रु एक करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विद्युतीय माध्यमबाट आह्वान गरिएको ठेक्का प्रक्रियामा दुई वटा फर्मले सहभागिता जनाएका थिए । विसं २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुस महिनामै सकिएको छ । लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका विषयमा दरबाङका बासिन्दाले शङ्कास्पद भएको प्रश्न उठाउँदै आएका थिए ।
अस्वभाविक लागत बनाएको, अनुकूलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीले ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल गरेको आरोप लागेको छ । एक सय ५० क्षमताको सो सभाहलको लम्बाइ ७७ फिट सात इञ्च र चौडाइ ४२ फिट तीन इञ्ज छ । एकतले सभाहल भवनमा पिल्लर बनाइएको छैन ।
स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी ट्याङ्की बनाइएको छ । टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ । एघार फिट अग्लो इँटाको पर्खाल लगाइएको भवनको भुई ढलान गरिएको छ भने ट्रसको उचाइ पाँच फिट छ । रघुगङ्गा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ । पिल्लर राखिने तीन तले भवनको भुई तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिङ र तेसो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले भ्याटसहित रु ६७ लाख सात हजार ५२६ मा ठेक्का लिएको छ ।
गाउँपालिकाकै प्राविधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाइ ४८ फिट र चौडाइ ३७ फिट रहेको छ । गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शङ्काको रुपमा हेरिएको छ । गाउँपालिकाका लेखा अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार रु बीस लाख पेस्की लगेका निर्माण व्यवसायीले दोस्रो चरणमा थप रु तीस लाख भुक्तानी लगेका छन् । अन्तिम बिल भुक्तानी गर्न कर्मचारीले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताउनुभयो ।
सभाहलको ढोकामा प्रयोग भएका काठ बाङ्गिएपछि प्राविधिकले फेर्न लगाएको थिए । सभाहल निर्माणमा आवश्यक पर्ने बालुवा निर्माणस्थलकै प्रयोग गरिएको मजदूर नाइके छिरी शेर्पाले बताउनुभयो । डिजाइन र लागत अनुमानमा भने बाहिरबाट खरिद गर्ने उल्लेख छ । मालिका गाउँपालिकाका इञ्जिनीयर नमनारायण ढुङ्गानाले आफूहरु नियुक्त हुनुअघिनै भवन डिभिजनका प्राविधिकले गरेको डिजाइन र ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानतसमेत जोडिएकाले लागत बढी देखिनु स्वभाविक भएको बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइनअनुसार भवन डिभिजनको प्राविधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राविधिकको निगरानीमा सभाहल निर्माण भएको हुनाले शङ्का गर्नु नपर्ने बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो