
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा । छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिईएको घटनामा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका भूतपूर्व विद्यार्थी तथा अध्ययनरत विद्यार्थीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै विरोध जनाएका हुन् ।
गत मंसिर ११ गते अंग्रेजी तथा शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षामा छात्रालाई विभिन्न प्रलोभनमा पारी विद्यालयभन्दा बाहिर परिक्षा लिईएको घटनामा संलग्न सबैलाई कारवाही गर्नुपर्ने माग विद्यार्थीहरुले राखेका छन् ।
होटलको कोठामा शिक्षकले मदिरा सेवन गरी छात्रालाई अनैतिक कार्य गर्न खोजेको अवस्थामा पनि सम्बन्धित निकायले कारवाहीको लागि पहल नगरेको भन्दै पहिलो चरणको आन्दोलनमा उत्रिएका हुन् । कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थी सरोज पोखरेलको नेतृत्वमा भूपू विद्यार्थी शिव बुढाघरेले सहजीकरण गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थीहरुले प्रधानाध्यापक सुर्य तिवारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सत्यतथ्य छानबिन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यक्रममा विद्यार्थी बुद्धि अधिकारीले यस घटनाले सम्पूर्ण विद्यालय परिवारलाई असुरक्षित अनुभूति भएको र आगामी दिनमा अभिभावकहरुलाई आफ्ना सन्तान विद्यालयमा पठाउँदा पनि एकपटक सोच्नु पर्ने दुखद अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा भूपू विद्यार्थी केदार खनाल, विद्यार्थीहरु अनिज दुरा, रोशन आचार्य, सन्जु भाइ, सुशिल लामिछाने, सन्तोष कुँवर लगायतका विद्यार्थीहरुले ‘घटनाको सत्यतथ्य छानबिन गर’, ‘शैक्षिक माफिया होसियार’, ‘न्याय मार्न पाईदैंन’ र ‘प्रशासनको चमत्कार र विद्यार्थीमाथि अत्याचार’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ